Canmandu
अष्ट्रेलियामा माघी महोत्सव आयोजना हुँदै
तस्बिरः अरूण आर्यन चौधरी।

अष्ट्रेलियामा बसोबास गर्ने थारू समुदायले माघीको अवसरमा सिड्नीमा ‘माघी महोत्सव’ को आयोजना गर्ने भएका छन्।

थारू सोसाइटीले सिड्नीमा विविध कार्यक्रमसहित आगामी माघ १ गते अर्थात जनवरी १५ आइतबार ‘माघी महोत्सव’ गर्न लागेको हो। 

मध्यान्ह १२ बजेबाट विटलाम पार्कमा सुरू हुने माघी महोत्सवमा थारू पहिचान र संस्कृति झल्कने विविध कार्यक्रमहरू प्रस्तुत हुनेछन्।

सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरीका अनुसार कार्यक्रमस्थल टेम्पी रेल स्टेसनबाट छोटो पैदल दुरीमा रहेको छ।

कार्यक्रममा थारू रीतिरिवाज अनुसारका नाचगान र खानपिनसहित हुने सो कार्यक्रममा उपस्थितिको लागि थारू सोसाइटी अफ अष्ट्रेलियाले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजुभाइ-दिदीबहिनीलाई अनुरोध गरेको छ।

324850414_853775885730689_4417860093881104588_n1673457581.jpg

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update