Canmandu
एलन मस्कले भने- म्यानचेस्टर युनाइटेड किन्दैछु

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगलबार ट्‌विट गर्दै आफूले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने बताएका छन्।

अमेरिकन व्यापारी मस्कले म्यानचेस्टर युनाइटेडलाई किन्नका गरिने सम्झौताको विषयमा भने स्पष्ट पारेका छैनन्।

यसअघि उनले सामाजिक सञ्जाल ट्विटर किन्ने घोषणा गरेका थिए। तर मस्क अहिले सोसल मिडिया कम्पनी ट्विटर किन्नको लागि ४४ बिलियन डलरको सम्झौताबाट बाहिरिने प्रयासमा छन्, जसले उनलाई अदालत पुर्‍याएको छ।

म्यानचेस्टर युनाइटेड विश्व फुटबलको सबैभन्दा प्रसिद्ध नाममध्ये एक हो। क्लबका वर्तमान मालिक अमेरिकी ग्लेजर परिवारलाई क्लबबाट निकाल्न फ्यानहरू चाहन्छन्।  

म्यानचेस्टरको ट्विटर खातामा ३ करोड २० लाखभन्दा बढी फलोअर्स छन् र मस्कको ट्विटले तीन घन्टाभित्र प्लेटफर्ममा करिब चार लाख 'लाइक' पाएको छ।

केही असन्तुष्ट युनाइटेड फ्यानहरूले पहिले मस्कलाई ट्विटरको सट्टा क्लब किन्न विचार गर्न आग्रह गरेका थिए।

मंगलबारको प्रारम्भिक प्रतिक्रियाहरूमा केही प्रयोगकर्ताहरूले खिल्ली उडाउँदै मस्कको पछिल्लो ट्विटलाई ट्विटरमा उनको दौडसँग तुलना गरेका छन्।

कतिपयले यसलाई मजाक भन्दा बढी ठानेका छैनन्। जबकि केहीले सत्य कुरा होस् भने आशा व्यक्त गरेका छन्। 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update