Canmandu
अष्ट्रेलियामा माघी (तस्बिरहरू)

अष्ट्रेलियामा भव्यरूपमा माघी पर्व मनाइएको छ।

थारू समाज सिड्नीले १५ जनवरी अर्थात आईतबार थारू सवंत् २६४६ माघ १ गते सिड्नीको गौहव्हुइट लाम पार्कमा कार्यक्रम गरेको हो।

अष्ट्रेलियामा छरिएर रहेका थारू समुदायको उपस्थिति रहेको कार्यक्रम दिउँसो साढे ३ बजेबाट सुरू भएको थियो।

कार्यक्रममा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारू परिकार तथा पहिरनहरुले सजिएर गोहुईड्ल्याम्प पार्क रंगिएको थियो। यस्तै विभिन्न थारू परिकार र पहिरनको प्रदर्शनीसमेत गरिएको थियो।

थारू समुदायको संस्कृति झल्काउने क्याटवक प्रस्तुतले कार्यक्रमलाई रौनकता थपेको थियो। क्याटवकमा नवलपरासी, चितवन, दाङ, सप्तरी, मोरङ र कपिलवस्तु लगायतका ठाउँका पहिरनमा सजिएका युवा युवती क्याटवक गर्दा दर्शकहरुको ध्यान तानेको थियो। त्यस्तै युवा पुस्ताबीच रुचाईएका डिजे नटकेशको संगीतले कार्यक्रमको माहोल ततायो।

थारू समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका दुर्गानन्द चौधरीले माघी पर्वले थारू समुदायमा सामाजिक सहिष्णुता तथा समझदारी पूर्ण सम्बन्धको विकास गराउने बताए।

उनले विदेशमा रहेर पनि आफ्नो पहिचान झल्काउने गरी आयोजना गरिएको कार्यक्रमले भावी पुस्तालाई समेत संस्कृति बचाईराख्न मद्धत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्दु गुरूङले अस्ट्रेलियाका विभिन्न सघंसंस्थाले आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै नेपालको विविधता झल्काउने काम गरेको बताए। उनले आफ्नो कला संस्कृतिको उत्थानका लागि नेपाली सघंसंस्थाले गरेको कार्य महत्वपूर्ण रहेको भन्दै एनआरएनएले पनि सहयोग गर्ने आश्वासन दिए।

त्यस्तै एनआरएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद संयोजक देव गुरूङले न्यू साउथ वेल्स राज्यमा रहेका नेपाली सघंसंस्थाले नेपालको पहिचान झल्काउने विभिन्न गतिविधि गर्दै आईरहेको भन्दै आफूहरूले पनि सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने बताए।

थारू समाज सिड्नीका अध्यक्ष दिपनारायण चौधरीले हरेक वर्ष आयोजना हुने कार्यक्रम फरक र उत्कृष्ट हुँदै गईरहेको बताए। उनले कार्यक्रम सोचे भन्दा पनि सफल भएको जानकारी दिँदै आगामी दिनमा समाजले नेपालकै झल्को दिने गरी कार्यक्रम गर्ने बताए।

कार्यक्रममा  किराँत उत्थान चाम्लिङ अस्ट्रेलियाका शशी सुब्बा, किराँत खाम्बु राई सोसाईटी एनएसडब्ल्यूबाट योगेन्द्र राई, गुठी अस्ट्रेलियाका उमेश स्थापित, मगर समाज अस्ट्रेलियाका राजेन्द्र थापा मगर, तमु समाज सिड्नीका उपाध्यक्ष तथा पोखरा समाज अस्ट्रेलियाका उपाध्यक्ष हिउपति गुरुङ, तामाङ सोसाईटी अफ सिड्नीका महासचिव अविरल तामाङ, थकाली सेवा समितिका दुर्गा गौचन, शेर्पा किङ्दुङ अस्ट्रेलियाका कर्म शेर्पा, छन्त्याल परिवारका बुद्धि छन्त्याल, कार्यक्रममा प्रायोजकहरु, सिड्नीमा रहेका युवा गायक समिर आचार्य, समाजसेवीहरु ईश्वर अविरल, ईथान शाक्य, कला तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत केसी सहित विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति थियो।

thari11673924423.jpeg

325866584_1331841127671579_5707616195232165351_n1673924416.jpg

321074940_833173607774481_1232331904691599584_n1673924416.jpg

maghi-101673924586.jpg

325866584_1331841127671579_5707616195232165351_n1673924584.jpg

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update