Canmandu
सिड्नीमा ‘एक्सर्पट कप फुटबल’ हुने, पुरस्कार राशी ५ हजार डलर

आगामी जनवरी २२ देखि सिड्नीमा एक्सपर्ट कप फुटबल प्रतियोगिता हुने भएको छ।

तामाङ रिक्रेयसनल क्लबको आयोजनामा हुने प्रतियोगिता सिड्नीको अर्वनस्थीत वेब्स एभिन्यूमा हुनेछ।

सिड्नीका स्थानीय विभिन्न १६ टोली सहभागी हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरि लिग कम नक आउटका आधारमा खेलाइने आयोजक क्लबका सचिव बैकुन्ठ डंगोलले जानकारी दिए।

प्रतियोगिताको पहिलो हुने टिमलाई ट्रफी तथा तीन हजार डलर र दोस्रो हुने टिमलाई ट्रफी पदकका साथै १५ सय डलर पुरस्कार दिइने डंगोलले बताए।

यस्तै प्रतियोगितामा उत्कृट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई व्यक्तिगत पुरस्कारबाट सम्मानित गरिनेछ।

प्रतियोगिताको समूह ए मा पारा पार्क, सेन्ट जोर्ज फ्रेन्ड्स, गोर्खा वारियर्स र क्याम्सी छन्। यस्तै समूह बीमा टीआरसीसी रेड, नेपाल युनाइटेड, एफसी डाँफे र ग्रानभिल राइनो छन्। 

यस्तै समूह सीमा माछापुच्छ्रे एफसी, सिड्नी नेप्लीज, वेष्ट युनाइटेड र हंसबी एफसी छन्। 

समूह डीमा टीआरसीसी निलो, द ब्रिगेड क्लब, सेन्ट जोर्ज नेप्लीज, द राइजीङ गोर्खाबीच भिडन्त हुनेछ।

बिहिबार भएको समूह ड्रमा एक्सपर्ट एजुकेशनका जनरल मेनेजर मन्जित घिमिरे, ब्यापार प्रर्वद्धन ब्यवस्थापक दिक्षा माग्गा, उत्सव अर्याल र अभिनाष उप्रेतीलगायत सहभागी थिए।

कार्यक्रममा क्लबका तर्फबाट प्रतियोगिता निर्देशक विजय लामा र ज्ञानेन्द्र वाइबा, ब्यवस्थापक विजय लामा, सदस्यहरू फुर्वा लामा, सैजु योञ्जन र जोशाना महर्जनको उपस्थिति थियो। 

खेलुकद अनुशासन र आपसी भाइचारा कायमको लागि महत्वपूर्ण माध्यम भएकोले यस्ता प्रतियोगितामा एक्सपर्टको सहयोग र सद्‌भाव रहिरहने जनरल मेनेजर मन्जित घिमिरेले बताए।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update