Canmandu
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनले उठाएका विषयबारे छानबिन गर्ने निर्णय भएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। 

यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ। ‘प्रेम आचार्य प्रकरण र अर्थतन्त्रमा उनले उठाएका नीतिगत तथा व्यवहारिक विषयमा छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय छ,’ उनले भने।

आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका थिए। उनलाई कीर्तिपुर अस्पताल पठाइएकोमा बुधबार बिहान मृत्यु भएको हो। 

उनले आफूमाथि आगो लगाउनुअघि सामाजिक सञ्जालमार्फत् आत्मदाह गर्नुको कारण खुलाएका छन्। 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update