Canmandu
नातिनीको भिडियो टिकटकमा पोष्ट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली महिला पक्राउ

अष्ट्रेलियामा एक ५० वर्षिय नेपाली महिलालाई आफ्नै नातिनिमाथि अश्लि प्रकारको भिडिओ बनाएर टिकटकमा पोष्ट गरेको अभियोगमा पक्राउ परेकी छन्।

अष्ट्रेलियाको संघीय प्रहरीका अनुसार आइतबार साँझ उनलाई क्यानबेरास्थित आफ्नै घरबाट पक्राउ गरि तीन वटा मुद्दा लगाएको हो।

गत महिना बालबालिका सम्बन्धी अश्लिल भिडियो पोष्ट भएको भन्दै टिकटकले भिडियो डिलिट गरेर संघीय प्रहरीलाई सूचना दिएको थियो।

अष्ट्रेलियाको संघीय पुलिस बाल संरक्षण ट्राइएज युनिटले भर्खरै उत्पादन गरिएको बाल दुर्व्यवहार सम्बन्धी सामग्री सोशल मिडिया प्लेटफर्महरूमा अपलोड भएपछि उनको खोजी गरेको थियो।

अभियुक्त महिलालाई भिडियो कलमार्फत स्थानीय म्याजेष्ट्रि अदालतमा उपस्थित गराइएको थियो। त्यहाँ उनलाई दोभासेले सहयोग गरेका थिए।

प्रहरीले उनीमाथि १० वर्ष भन्दा कम उमेरका बालबालिका विरूद्ध अभद्र व्यवहार गरेको, बाल शोषण सामग्री उत्पादन गर्न बच्चाको प्रयोग गरेको र बाल दुर्व्यवहार सामग्रीको लागि क्यारेज सेवा प्रयोग गरी तीन वटा अपराधमा अभियोग लगाएको छ।

उनले अदालतमा आफूले नातिनीमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी थिइन्। ‘मैले यी मध्ये कुनै पनि काम गरेको होइन’, उनले अदालतमा दोभासेको सहयोगमा भनिन्।

उनलाई अदालतले आगामी फेब्रुअरी २८ तारिखमा अदालतमा उपस्थित हुने सर्तमा धरौटीमा रिहा गरेको छ।

अदालतले ती महिलालाई कडा सर्तहरूमा रिहा गरेको हो। उनले पर्यवेक्षण बिना बच्चाहरूको उपस्थितिमा नबस्ने, मोबाइल फोन वा इन्टरनेटको पहुँच नहुनेलगायतका कडा सर्तको पालना गर्नुपर्ने हुन्छ।

ती महिला भर्खरै जन्मिएकी आफ्नी नातिनी स्याहार्न करिब एक वर्ष अगाडि अष्ट्रेलियाका आएकी थिईन्।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update