Canmandu
टि२० विश्वकप च्याम्पियन कप्तान फिन्चले लिए सन्न्यास

अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउने ओपनर तथा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । यसअघि नै टेस्ट र ओडिआई क्रिकेट छाडेका उनले टि२० क्रिकेटबाट पनि विदा लिएका छन् ।

६ वर्षीय फिन्च अष्ट्रेलियाका सर्वाधिक सफल मध्यका एक टि२० आई ब्याटर हुन् । फिन्चको कप्तानीमा अष्ट्रेलियाले २०२१ मा न्युजिल्यान्डलाई हराउँदै उपाधि जितेको थियो । फिन्चले ५ टेस्ट, १ सय ४६ ओडिआई र १ सय ३ टि२० आई खेल खेलेका छन् । फिन्चले टि२० आईमा २ शतक र १९ अर्धशतकसहित कुल ३ हजार १ सय २० रन बनाएका छन् ।

फिन्च टि२० आई क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । फिन्चले २०१८ मा जिम्बावेविरुद्ध ७६ बलमा १० छक्का र १६ चौकासहित १ सय ७२ रनको सानदार इनिङ खेलेका थिए । फिन्चले २०१३ मा इंग्ल्यान्डविरुद्ध ६३ बलमा १ सय ५६ रनको इनिङ खेलेका थिए ।

फिन्च टि२० आई क्रिकेटमा सर्वाधिक कप्तानी गर्ने खेलाडी हुन् । फिन्चले ७६ टि२० आई खेलमा कप्तानी गर्दा ४० मा जित र ३२ मा हार व्यहोर्न पुगेका थिए । उनीपछि भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी र इंग्ल्यान्डका आरोन फिन्चले समान ७२ खेलमा कप्तानी गरेका छन् ।

फिन्चले २०२४ को विश्वकप आफूले नखेल्ने हुँदा सन्न्यास लिने उचित समय भएको बताएका छन् । मैले अर्को टि२० विश्वकप २०२४ खेल्न पाउने छैन । त्यसैले यो सहि समय मैले छाड्ने र टिमलाई योजना बनाउन सहयोग मिल्नेछ, फिन्चले सन्न्यास लिँदै भने ।

२०११ देखि अष्ट्रेलियाबाट खेल्दै आएका उनले ओडिआईमा १७ र टि२० आईमा दुई शतक गरि कुल ८ हजार ८ सय ४ रन अन्तर्राष्ट्रिय रन बनाएका छन् । २०१५ मा अष्ट्रेलियाले ओडिआई विश्वकप जित्दा फिन्च टोलीका सदस्य थिए । २०१८ मा स्टिभ स्मिथलाई बल टेम्परिङ आरोप लागेपछि सिमित ओभरको कप्तानी फिन्चले पाएका थिए । २०१९ को एकदिवसीय विश्वकपमा सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update