Canmandu
क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिभल हुँदै

अष्ट्रेलियाको क्यानबेरामा पहिलो पटक नेपाल फेस्टिभल क्यानबेरा–२०२३ आयोजना हुँदैछ।

आगामी फेब्रुअरी ११ मा हुने महोत्सवको सबै तयारी पुरा भएको एनआरएन अष्ट्रेलियाले जनाएको छ।

नेपाली कता संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबद्र्धन गर्ने उद्धेश्य राखेर एनआरएनए अष्ट्रेलियाले विभिन्न राज्यहरुमा महोत्सवको आयोजना गर्दै आएको छ।

कोमनवेल्थ पार्कमा शनिबार आयोजना हुने महोत्सवको सबै तयारी पुरा भएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् क्यानबेरा राज्य संयोजक अशोक बस्नेतले जानकारी दिए।

परेडका लागि एनआरएनएका सल्लाहकार कृष्ण सुवेदी, नेपाल हाउसका लागि एएनएफएसका अध्यक्ष आशिष देवकोटा र सांस्कृतिक कार्यक्रम तर्फ प्रकाश केसीलाई जिम्मेवारी दिइएको छ।

बिहान साढे १० बजेबाट परेड सुरु हुने र परेडमा अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सघंसंस्थाहरुको सहभागिता रहने बस्नेतले बताए।

महोत्सवमा १५ देखि १८ देशका राजदूत, क्यानबेरा राज्यका बहुसांस्कृतिक मन्त्री सहभागी हुने संयोजक बस्नेतले जानकारी दिए।

स्थानीय बसमा नेपाल फेस्टिबलको प्रचार सामाग्री राखिएको स्टीकर टास्नुका साथै, स्थानीय सञ्चार माध्यममा समेत प्रचार प्रसार गरेर पहिलो महोत्सवलाई भब्य बनाउन खोजिएको छ।

महोत्सवमार्फत पहिलो पटक अस्ट्रेलियाका गभर्नर जनरलले नेपालीका लागि शुभकामना शन्देश जारी गर्दैछन्।

भ्वाईस अफ नेपालको समूहले बेजोड सांगीतिक प्रस्तुती पस्कने महोत्सवमा १० देखि १५ हजारको सहभागिता हुने अपेक्षा आयोजकको छ।

सांस्कृतिक कार्यक्रममा भ्वाईस अफ नेपालका कोच एवम् चर्चित गायक प्रमोद खरेल, होस्ट सुशिल नेपाल, भ्वाईस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, सिजन ४ का विजेता करण राई, प्रतियोगीतहरु वर्षा इटानी, आरिफ रफले भरपुर मनोरञ्जन दिनेछन्।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update