Canmandu
राष्ट्रिय खेलाडी रितिक अस्ट्रेलिया प्रस्थान

नेपाली राष्ट्रिय टोलीका विंगर रितिक खड्का सुरक्षित भविष्यका लागि अस्ट्रेलिया प्रस्थान गरेका छन्।

रितिक बुधबार दिउँसो अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

नेपालले खेलेका पछिल्ला दुुई अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीबाट खेलेका रितिकले गत सेप्टेबर २७ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए।।

गत सिजन थ्री स्टारबाट ‘ए’ डिभिजन लिग खेलेका २१ वर्षीय रितिक सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया पलायन भएका हुन्।

पछिल्लो समय सुरक्षित भविश्य निर्माणका लागि नेपाली खेलाडीको पलायन तिब्र रूपमा भइरहेको छ।

माघ महिनामा मात्र नेपाली राष्ट्रिय टोलीका नियमित सदस्यहरु दिनेश राजवंशी, तेज तामाङ, नितिन थापा, विशाल राई र गौतम श्रेष्ठ अस्ट्रेलिया पलायन भएका छन्। 

नेपाली फुटबलमा भविष्य नदेखेर यो वर्ष मात्र तीन दर्जन भन्दा बढी राष्ट्रिय खेलाडीले अस्ट्रेलिया, दुबई तथा अन्य मुलुकको गन्तब्य रोजिसकेका छन्।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update