Canmandu
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल द ओभलमा हुने

दोस्रो संस्करणको आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आगामी जुनमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार टेस्ट च्याम्पियनसिपको फाइनल जुन सात देखि ११ सम्म इंग्ल्यान्डको द ओभलमा हुने जनाएको हो।

यस्तै आइसिसीले जुन १२ मा रिजर्भ डे राखेको छ । पहिलो संस्करणको फाइनलमा भारतलाई हराउँदै उपाधि न्युजिल्याण्डले च्याम्पियन बनेको थियो ।

आइसिसी विश्व टेस्ट च्याम्पियनसिपमा नौ टोली प्रतिस्पर्धा गरिरेहका छन् ।  अंक तालिकाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । हाल अस्ट्रेलिया पहिलो र भारत दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update