Canmandu
नेपाली मूलका इन्जिनियर एलेक्स न्यु साउथ वेल्स राज्य सांसद उम्मेदवार

नेपाली मुलका युवा एलेक्स कार्की अष्ट्रेलियामा राज्य सांसदको उम्मेदवार भएका छन्।

३९ वर्षका नेपाली इन्जिनियर एलेक्स न्यु साउथवेल्स राज्यको सांसदका उम्मेदवार बनेका हुन्।

आगामी मार्च २५ मा हुने न्यु साउथ वेल्स राज्य संसदको निर्वाचनमा उनी लेभर पार्टीबाट उम्मेदवार बनेका हुन्।

न्यु साउथ वेल्सको ९३ निर्वाचन क्षेत्रमध्ये केलेभेलमा नेपाली मुलका अष्ट्रेलियन नागरिक एलेक्स उम्मेद्वार बनेका हुन्।

यसअघि उनी स्थानीय तह निर्वाचन अन्तर्गत सिड्नीको द हिल स्राइन काउन्सिलको काउन्सिलर पदमा पराजित भएका हुन्।

पछिल्लो समय अष्ट्रेलियामा नेपाली समुदायको बढ्दो उपस्थितिसँगै नेपाली मुलका अष्ट्रेलियनहरू स्थानीय, राज्य र संघीय निर्वाचनमा उम्मेदवार हुन थालेका छन्।

‍पेशाले सिभिल इन्जिनियर एलेक्स सन् २००३ मा अध्ययनका लागि अष्ट्रेलिया आएका थिए। दोलखा स्थायी घर भएका एलेक्सले सिड्नीको युनिभर्सिटी अफ न्यु साउथ वेल्समा अध्ययनकै समयमा सन् २००७ मा लेभर पार्टीको सदस्यता लिएका थिए।

यसअघिको स्थानीय निर्वाचनमार्फत न्यु साउथ वेल्स राज्यको सिड्नीमा भद्रा वाईवा र साउथ अष्ट्रेलियामा रेनुका लामा काउन्सिलरका रुपमा निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update