Canmandu
यू-२० वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित

बंगलादेशले बिहीबार यू–२० वुमेन्स साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ । ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल बंगलादेशको हातबाट ३–० ले पराजित रह्यो ।

यससँगै नेपाल प्रतियोगिताको उपविजेतामै सीमित रह्यो । बंगलादेशले पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो । घरेलु टिमका लागि अक्तर रिपा र सामसुनाहर जुनियरले १/१ गोल गरे ।

दोस्रो हाफमा सब्टिच्युट खेलाडी उन्नति खातुनले तेस्रो गोल थपिन् र बंगलादेशको जित निश्चित गरे । लिग चरणमा पनि नेपाल बंगलादेशकै हातबाट पराजित रहेको थियो । लिग चरणमा बंगलादेश अपराजित एक मात्र टिम रहेको थियो ।

बंगलादेशले वुमेन्स साफ च्याम्पियनसपको उपाधि जित्ने क्रममा फाइनलमा नेपाललाई नै पराजित गरेको थियो । यू–२० को उपाधि पनि जितेर बंगलादेशले दक्षिण एसियाली महिला फुटबलमा आफूलाई शक्तिको रूपमा प्रमाणित गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update