Canmandu
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार शाह हिजो (बिहीबार) ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।

उनले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले आजै सानो आकारको मन्त्रीमण्डल विस्तार गरेका छन् । आज आर्थिक मामिलामन्त्रीमा एकीकृत एकीकृत समाजवादीका नरेश शाही र भौतिक पूर्वाधार विकासमन्त्रीमा कांग्रेसका प्रकाशबहादुर देउवाले पनि शपथग्रहण गरेका छन् ।

मुख्यमन्त्रीको शपथपछि प्रदेश प्रमुख जोशीले शाही र देउवालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update