Canmandu
साउदीमा रोनाल्डोको पहिलो ह्याट्रिक

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरका लागि पहिलो ह्याट्रिक गरेका छन्।

साउदी प्रो लिग अन्तर्गत बिहिबार राति सम्पन्न खेलमा घरेलु टोली अल वेहदामाथि अल नासरले ४-० को फराकिलो जित निकाल्दा चारै गोल रोनाल्डोले गरेका हुन् ।

किङ अब्दुल्लाजिज स्पोर्टस सिटी स्टेडियममा रोनाल्डोले खेलको २१औं मिनेटमा गोलको खाता खोलेका थिए । रोनाल्डोले ४० औं मिनेटमा ब्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरेका थिए ।  उनले ५३ औं पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । 

 यो उनको अल नासरका लागि पहिलो तथा आफ्नो करिअरको ६१औं ह्याट्रिक हो ।

रोनाल्डोले ६१ औं मिनेटमा व्यक्तिगत र टोलीका लागि चौथो गोल गरे । यो रोनाल्डोको करियरको ५०३ औं लिग गोल हो । उनले व्यवसायिक खेलमा ७०६ गोल गरेका छन् ।

रोनाल्डोले २०१९ पछि एकै खेलमा चार गोल गरेका हुन् । सेप्टेम्बर २०१९ मा पोर्चुगलले लिथुआनियालाई ५-१ ले हराएको खेलमा रोनाल्डोले चार गोल गरेका थिए ।

रोनाल्डोले पछिल्लोपटक १६ अप्रिल २०२२ मा इंग्लिस प्रिमियर लिगमा नर्विच सिटीविरुद्ध ३-२ को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए । उनले पोर्चुगलबाट १०, म्यानचेस्टर युनाइटेडबाट तीन, रियाल मड्रिडबाट ४४ र युभेन्ट्सबाट ती ह्याट्रिक पूरा गरेका छन् ।

रोनाल्डो यसै वर्ष अल नासरमा आबद्ध भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update