Canmandu
२०८० सालको तीज असोजमा, कात्तिक ७ गते दसैं

नयाँ वर्ष अर्थात २०८० सालमा हिन्दुहरुले मनाउने प्रया: सबै चाडपर्व १५ दिन पछाडि सरेका छन् । नयाँ सालको दसैं कात्तिकमा परेको छ भने तीजको व्रत असोजमा सरेको छ ।

आगामी हरितालिका तीजको व्रत असोज १ गते परेको छ । २०७९ सालको तीज भदौ १४ मै मनाइएको थियो ।

त्यसैगरी २०८० सालको घटस्थापना असोज अन्तिम, अर्थात् असोज २८ गते परेको छ भने फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ ।

जबकि, २०७९ सालमा असोज १० गते नै घटस्थापना मनाइएको थियो भने फूलपाती असोज १६ र विजयादशमी असोज १९ मा मनाइएको थियो ।

नयाँ वर्षको तिहार पनि करिब १५ दिन पछाडि धकेलिएको छ । यस वर्षको भाइटीका कात्तिक १० गते परेको थियो । तर, नयाँ वर्षको भाइटीका कात्तिक २९ गते परेको छ ।

यस वर्ष कात्तिक १३ मा मनाइएको छठ पर्व २०८० सालमा भने २० दिनपछि अर्थात् मंसिर ३ गते मनाउनुपर्ने भएको छ ।

साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन् । असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको छ ।

यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ । भर्दा १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा १५-२० दिन पछाडि धकेलिएका हुन् ।

२०८० सालमा चैते दसैं नै गायब भएको छ । २०७९ सालको चैते दसैं चैत १७ गते परेको छ भने २०८० सालको चतुर्थी तिथिमै चैत्र मास समाप्त हुने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update