Canmandu
क्यानबेरामा पहिलो पटक नेपाल महोत्सव

अष्ट्रेलियाको क्यानबेरामा आयोजित ‘नेपाल फेस्टिभल-२०२३’ भब्य रूपमा सम्पन्न भएको छ।

नेपाली कला संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबर्द्धन गर्ने उद्धेश्य राखेर पहिलो पटक क्यानबेरामा आयोजित फेस्टिभलले सिंगो नेपालको झल्को दिएको थियो।

कोमनवेल्थ पार्कमा शनिबार आयोजित महोत्सव अन्तर्गत बिहान साढे १० बजेबाट झाँकीसहितको र्‍याली र परेड सुरू भएको थियो। 
परेडमा अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सघंसंस्था, स्थानीय अष्ट्रेलियन नागरिकको समेत बाक्लो सहभागिता थियो। 

महोत्सवमा विभिन्न २६ देशका राजदूत, क्यानबेरा राज्यका मन्त्री, सांसदलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारको फुडस्टल, बालबालिकालाई रमाउने थलो राखिएको थियो।

नेपाली पहिचानलाई विश्वमाझ पुर्‍याउने अभियानका रूपमा नेपाल महोत्सव आयोजना भएको भन्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलासराज पोखरेलले भब्य बनाउन साथ दिने र सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्।

महोत्सवमा स्थानीय कलाकारका साथै भ्वाईस अफ नेपालको समूहले सांगीतिक प्रस्तुतिले दिएको थियो। 

महोत्सवमा १५ हजारभन्दा बढीको सहभागिता रहेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् क्यानबेरा राज्य संयोजक अशोक बस्नेतले जानकारी दिए।

 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update