Canmandu
सिड्नीमा गोर्खा बिनिथ द ब्रभरीको प्रिमियर सो गरिने

बीर गोर्खालीहरुको जीवन गाथा र संघर्षमा आधारित ऎतिहासिक चलचित्र “गोर्खा बिनिथ द ब्रभरी “को आगामी सेप्टेम्बर ३ तारिख शनिबार सिड्नीको बरुड स्थित इभेण्ट सिनेमाहलमा प्रदर्शन गरिने भएको छ।

सिड्नीमा हालै आयोजित प्रेस मिटमा सो प्रदर्शन एनआरएनए न्यु साउथ वेल्स राज्य समिति ,गोर्खा नेपाली कम्युनिटी र निर्माता टिमको संयुक्त पहलमा हुन लागेको जानकारी दिइयो।

प्रदिप शाहीको निर्देशन र लेखनमा बनेको उक्त चलचित्रमा गौमाया गुरुङ, एगिस्टिनो ओबरहोफर, ओली बस्सी,समीर गुरुङ, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्टुअर्ट वाल्कर,स्योन शाहीलगायतले अभिनय गरेका छन्।

विनोद सुवेदी खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ रहेका छन्।

गोर्खालीको ईतिहास समेटिएको यो चलचित्रमा पहिलो र दोस्रो विश्व् युद्धमा गोर्खालीले बगाएको रगत, पसिना र योगदानलाई जस्ताको तस्तै रुपमा प्रस्तुत गरिएकाले यो चलचित्र बाट नयाँ पुस्ताले गोर्खालीको बारेमा धेरै कुरा जानकारी लिने खत्र बताए।

चलचित्र प्रदर्शनबाट उठेको रकम गोर्खा वेलफेयर ट्रस्टलाई प्रदान गरिनेछ।

भिक्टोरिया क्रस प्राप्त गरेका पहिलो गोर्खाली बीर सपुत कुलवीर थापाको वास्तविक कथामा चलचित्र निर्माण भएको यो जीवनी चलचित्र जर्मन नेपाली र अंग्रेजी भाषामा तयार पारिएको छ।

सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिस सेनाहरूले लुस, फ्रान्समा गरेको आक्रमणमा गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते भएका थिए। घाइते भएको भोलिपल्टै थापा पीडितहरूको उद्धारमा खटिएर आफ्नो डिउटी र कर्तब्यलाई इमान्दारीपूर्बक  पुरा गरेकोले उनलाई भिक्टोरिया क्रस प्रदान गरिएको थियो ।

चलचित्रमा गोर्खा सैनिकहरुले आफ्नो विरता कसरी प्रर्दशन गर्दछन् र किन बहादुर मानिन्छन् भन्ने विषयलाई जस्ताको तस्तै रुपमा प्रस्तुत गरिएको छ । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माताका रूपमा विनोद सुवेदी खत्री र निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update