Canmandu
सिड्नी र क्यानबेरामा गायक प्रकाश रेग्मीको एकल सांगेतिक साँझ हुदै

डेढ दशकदेखि संगीत क्षेत्रमा क्रियाशील लोकप्रिय गायक प्रकाश रेग्मीले सिड्नी र क्यानबेरामा एकल सांगीतिक साँझ प्रस्तुत गर्ने भएका छन्।

आयोजक संस्था एनआर क्रिएसनका अनुसार आउँदो सेप्टेम्बर ९ तारिख शुक्रबार सिड्नीको रक्डेलस्थित इन्द्रेणी फेसन सेन्टरमा र सेप्टम्बर १० तारिख शनिबार क्यानाबेरको २५/६३ ओलोङ्घन स्ट्रिटस्थित गोल्डेन स्पोनक्याफेमा कार्यक्रम हुनेछ।

ती एकल सांगीतिक साँझमा गायक रेग्मीले बिगतमा गाएका गीतलाई प्रस्तुत गर्नेछन्।

हालसम्म दर्जनौं आधुनिक गीतमा सांगीतिक प्रस्तुति दिईसकेका रेग्मीको हालै बजारमा आएको 'शिरको फूल शिरैमा' बोलको गीत दर्शकले असाध्यै मन पराएका छन्।

रेग्मीले गाएको यो म्युजिक भिडियोमा तनुजा ओली र आकाश श्रेष्ठले दमदार अभिनय गरेका छन् भने गायिका रेश्मा पुनले उनलाई गाउनमा साथ् दिएकि छिन्।

अस्ट्रेलियाको अलावा युरोपका विभिन्न देशमा आफ्नो गीत संगीत प्रस्तुत गरिसकेका रेग्मी आधुनिक गीतको गहिराईमा पुगेर गाउन मन पराउँछन्।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update