Canmandu
सिड्नीको हर्सभिलमा शनिबार होली महोत्सव

फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा कमेरो ईभेन्ट्सले सिड्नीमा होली फेस्टिबल गर्ने भएको छ।

आगामी ११ मार्च शनिबार सिड्नीको हर्सभिल नजिकै डोनेली पार्क, कोनेल्स पोइन्टमा दर्जनौं नेपाली कलाकारको साथमा होली महोत्सव आयोजना गर्न लागेको हो।

रगंहरूको पर्वलाई अझै उत्सवमय बनाउन महोत्सव आयोजना गरिएको ईभेन्टसका शितल खाँड गिरीले जानकारी दिए।
कार्यक्रममा मौलिक नृत्य, गायन, डिजेको रमाईलो प्रस्तूती, फेस पेन्टिङका साथमा नेपाली खानाका परिकारसमेत रहने उनले बताए।

फेस्टिबलमा नेपाली गायिका एलिना चौहान, सुशान्त ठुले, मोडल अञ्जली अधिकारी, नायक तथा गायक आमेश भण्डारी, मोडल विमल अधिकारी र गायक सुरज लगायत दर्जनौं स्थानीय कलाकारले आ-आफ्नो प्रस्तुती दिनेछन्। 

कार्यक्रमस्थल डोनेली पार्कबाट  हर्सभिल ट्रेन स्टेसनसम्मका अभिभावक तथा बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। अन्य दर्शकले पनि न्यूनतम शुल्कमा महोत्सवको अवलोकन गर्न र मनोरञ्जन लिनसक्ने  गिरीले जानकारी दिए।

आयोजक कमेरो ईभेन्ट्सले कार्यक्रममा उपस्थितिका लागि सबैसँग अनुरोधसमेत गरेको छ। 
महोत्सवलाई अस्ट्रेलियास्थित थुप्रै व्यवसायिक संघसंस्थाले प्रायोजन गरेका छन्।

 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update