Canmandu
एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको मनोनयनमा

एक्सपर्ट टेलिकम सिड्नी सिटी काउन्सिलको वर्ष विजनेश अवार्डको लागि मनोनयनमा परेको छ। 

अष्ट्रेलियाको टाउन हलमा रहेको एक्सपर्ट टेलिकम विगत ७ वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय छ।

अष्ट्रेलियामा रहेका नेपाली र अन्य समुदायलाई सेवा दिँदै आइरहेको एक्सपर्ट टेलिकमको क्रियाशिलताले यो विधामा पुर्‍याएको योगदानस्वरूप सिड्नी सिटी काउन्सिलको वर्षको बिजनेश अवार्डको लागि मनोनयनमा परेको सञ्चालक चिरन्जिबी तिवारीले जानकारी दिए।

आफूहरूलाई उपभोक्ताले दिएको माया र विश्वासले अवार्ड मनोनयनमा परेकाले सबै उपभोक्तालाई भोट दिएर सहयोग गर्न उनले अनुरोध गरेका छन्।

अष्ट्रेलियाको भोडाफोनको आधिकारीक बिक्रेताको रूपमा रहको एक्सपर्ट   टेलिकमले भविष्य पनि आफ्नो गुणस्तरीय सेवालाई निरन्तरता दिने दाबी गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update