Canmandu
सिड्नीमा एन्टाको होली हंगामा

एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) ले होली पर्वको अवसरमा सिड्नमा एक भब्य कार्यक्रमको आयोजना गर्‍यो।

एसोसिएसनले सिड्नीको रकडेलस्थित ईन्द्रेणी फङ्क्सन सेन्टरमा ‘होली हगांमा २०२३’ को आयोजना गर्दै विदेसी भूमिमा हर्षेल्लासका साथ पर्व मनाएको हो।

कार्यक्रममा विविध सांस्कृतिक, मनोरञ्जनात्मक तथा रमाईलो मेलाका साथमा स्थानीय तथा राष्ट्रिय कलाकारको बजोड सांगीतिक प्रस्तुती समेत समेटिएको थियो।

२००८ देखि प्रत्येक वर्ष निरन्तर रूपमा होली विशेष कार्यक्रम गर्दै आएको एन्टाले फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वलाई अस्ट्रेलियामा रंगको तिहारका रुपमा अगाडि बढाएको संस्थाका अध्यक्ष सुवांश शाहले बताए।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली आपसी भाइचारा कायम गर्दै मनाउने परम्परा रहेको अध्यक्ष शाहले सुनाए।

कार्यक्रममा न्यू साउथवेल्सराज्यका महावाणिज्यदूत दिपक खड्का, एनआरएनएका केन्द्रिय उपाध्यक्ष धर्मराज अधिकारी लगायतको उपस्थिति थियो।

यस्तै कार्यक्रममा आगामी स्थानीय निर्वाचनमा लिबरलवाट टिकट पाएकी क्याम्बेलटाउनकी उम्मेदवार जिप्सना पौड्याल, लेबरवाट चुनिएका राज्य संसदका उमेदवार एलेक्स कार्की, सुदूरपश्चिम समाज अस्ट्रेलियाका लक्ष्मी जोशी, संस्थाका सल्लाहकार अरुण कुमार ठाकुर, अजन मिश्र, अभिषेक झालगायत समाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update