Canmandu
अष्ट्रेलियामा स्थायी भिसा बढाउने गृहकार्य

दक्ष कामदारको अभाव थप गहिरिदै गएपछि अष्ट्रेलिया सरकार स्थायी बसोबासको २ लाख भिसा थप गर्ने तयारीमा जुटेको छ ।

अष्ट्रेलिया सरकारले आगामी सेप्टेम्बर १ र २ तारिखमा क्यानबेरामा आयोजना गरिने रोजगार तथा सीप सम्मेलनमार्फत आप्रवासीको संख्या हेरफेर गर्ने गृहकार्य अघि बढाएको हो ।

 

सरकारले कामदार अभावको समस्या समाधानका लागि स्थायी भिसाको संख्यालाई थप गर्ने छलफल अगाडि बढाएको रोजगार मन्त्री ब्रेन्डन ओ कोनरले बताए।

देशमा देखिएको कामदार अभावको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत उनको जिकिर छ। यता, बिपक्षी पार्टी लिबरलका नेताले भने रोजगार तथा सीप सम्मेलन र सरकारको प्रतिबद्धतालाई सस्तो लोकप्रियताको फण्डा भएको दाबी गर्दैआएका छन्।

कोरोना महामारिका कारण करिब दुई वर्षसम्म सीमा सील गरेको अस्ट्रेलिया यतिबेला दक्ष कामदारको अभाव मात्रै झेलिरहेको छैन थुप्रै व्यवसायहरू कामदार अभावकै कारण बन्द भएका छन् । बिशेषगरि एजकेयरमा कामदार अभावसँगै कामदार पलायनदर बढेको छ ।

महामारी अघि स्थायी भिसाका लागि १९०,००० संख्या तोकेको अष्ट्रेलिया सरकारले सन् २०१९ मा यो संख्यालाई केही कम गदै बर्सेनि १६०,००० स्थायी भिसा दिन थालेको थियो।

अस्ट्रेलियाका विभिन्न सङ्गठनहरूले आप्रवासी कामदार र अस्थायी भिसामा रहेकाहरूको अवस्थाका बारेमा चासो देखाएपनि कामदार अभावको समस्या हल हुन सकेको छैन । सरकारले कामदार परिपूर्तिका लागी दक्ष कामदार अस्ट्रेलिया भित्राउने र यही रहेका अस्थायी भिसा भएकालाई स्थायी बसोबासका लागी सहजिकरण गर्ने बताउँदैआएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update