Canmandu
राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपतिलगायत विशिष्ठ अतिथिहरुको उपस्थिति थियो । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

यसअघि पौडेलले पार्टीका सम्पूर्ण जिम्मेवारी तथा सदस्यबाट र आज मात्र संविधानको धारा ६२-६ बमोजिम प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । आजबाटै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षका रुपमा काम गर्नेछन् ।

सेनाको सलामीसँगै शीतलनिवासबाट निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासबाट बिदाइ गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ गरिएको हो ।

भण्डारीलाई बिदाइ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका तर्फबाट मायाको चिनो (आँखी झ्याल) प्रदान गरेका थिए । भण्डारी शीतलनिवासबाट बिदाइ भएर बालुवाटर टुँडालदेवीमा रहेको रहेको छोरीको निवास पुगेकी छन् । चपलीमा रहेको भण्डारीको निवासको मर्मत नसकिएकाले भण्डारी केही समयका लागि छोरीको निवासमा सरेको हुन् ।

राष्ट्रपतिमा भण्डारीको पाँचवर्षे कार्यकाल हिजो (आइतबार) देखि सकिएको छ । २०७२ कात्तिक २९ गते पहिलोपटक राष्ट्रपति भएकी भण्डारी दोस्रो कार्यकालका लागि २०७४ फागुन २८ गते निर्वाचित भएकी थिइन् ।

President (3)1678716222.jpeg

President (2)1678716305.jpeg

President (6)1678716306.jpeg

President (10)1678716311.jpeg

President (9)1678716311.jpeg

President (8)1678716308.jpeg

President (7)1678716308.jpeg

President (12)1678716314.jpeg

President (11)1678716314.jpeg

President (14)1678716316.jpeg

President (13)1678716316.jpeg

President (15)1678716318.jpeg

President (16)1678716321.jpeg

President (17)1678716323.jpeg

President (18)1678716324.jpeg

President (20)1678716326.jpeg

President (19)1678716326.jpeg

President (21)1678716328.jpeg

President (22)1678716329.jpeg

President (23)1678716332.jpeg

President (24)1678716333.jpeg

President (26)1678716335.jpeg

President (25)1678716335.jpeg

President (29)1678716342.jpeg

President (30)1678716342.jpeg

President (28)1678716340.jpeg

President (27)1678716339.jpeg

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update