Canmandu
अष्ट्रेलियामा सांगीतिक यात्रा गर्दै मंगोलियन हार्ट

‘मंगोलियन हार्ट’ ले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ। आगामी अप्रिल १० मा मेलबर्नबाट मंगोलियन हार्टले अष्ट्रेलियाको विभिन्न ८ सहरमा आफ्नो प्रस्तुति दिन लागेको हो। 

योसँगै १० वर्षपछि ब्याण्डले अष्ट्रेलियामा सांगीतिक प्रस्तुति दिन लागेको हो। 

ब्यान्डको कार्यक्रममा १० तारिखमा मेल्बर्न, त्यसपछि १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा क्यानबेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडिलेडमा पुगेर टुंगिनेछ ।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । 

ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अष्ट्रेलिया टुर गर्न पाउँदा आफू उत्साहित रहेको गायक राजु लामाले बताए। 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update