Canmandu
बार्सिलोनालाई स्तब्ध पार्दै रियाल मड्रिड फाइनलमा, बेन्जिमाको ह्याट्रिक

रियाल मड्रिड चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई स्तब्ध पार्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । रियालले सेमिफाइनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै ४ - ० गोलको जित हात पार्‍यो । बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जिमाले ह्याट्रिक गरे ।

क्याम्प नोउमा भएको पहिलो लेगमा बार्साले १ - ० गोलको अग्रता लिएको थियो । तर घरेलु मैदानमा भने जाभी हर्नान्डेजको टोलीले लय गुमायो ।

पहिलो हाफको इन्जुरी समयमा रियालका भिनिसियस जुनियरले गोल गर्दै खेल १ - १ को बराबरीमा पुर्‍याएका थिए । भिनिसियसका लागि बेन्जिमाले पास उपलब्ध गाएका थिए । उनको जारी सिजनमा यो २० औं गोल हो । ५० औं मिनेटमा बेन्जिमाले लुका मोड्रिचको सहयोगमा गोल गरेपछि पछाडि परेको बार्सा खेलमा फर्कन सकेन । ५८ औं मिनेटमा बन्जिमाले पेनाल्टीमार्फत टिमका लागि तेस्रो गोल थपे ।

८० औं मिनेटमा फ्रेन्च स्ट्राइकर भिनिसियले मिलाइदिएको बलमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि कार्लोस एन्सेलोटीको टोली सानदार जि0तका साथ उपाधि नजिक पुग्यो । बेन्जिमाको रियालका लागि यो लगातार दोस्रो ह्याट्रिक हो । उनले गत आइतबार ला लिगाको खेलमा रियाल भल्लाडोलिडलाई ६ - ० गोलले पराजित गर्दा ह्याट्रिक गरेका थिए ।

योसंगै रियालले एल क्लासिकोमा हारको शृङ्खलामा पनि पूर्णविराम लगायो । पछिल्ला तीन एल क्लासिकोमा बार्सा विजयी भएको थियो । अब उपाधिका लागि रियाल र ओसासुनाबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update