Canmandu
चितवन समाज अष्ट्रेलियाको साधारणसभा तयारी तिब्र

सिड्नी ।

आगामी मे १३ मा हुने चितवन समाज अष्ट्रेलियाको छैठौं साधारण सभाका लागि तयारी तिब्र पारिएको छ।

समाजको गत मार्च २६ मा बसेको वृहत बैठकले आगामी अधिवेशनबारे तयारी तिब्र पार्ने निर्णय गरेको समाजका अध्यक्ष पूर्ण घिमिरे जानकारी दिए।

बैठकको निर्णय अनुसार अधिवेशन तयारी समिति, निर्वाचन समितिलगायत समितिसमेत गठन भएको छ।

अध्यक्ष घिमिरेको संयोजकत्वमा गठित अधिवेशन तयारी समितिमा अनिल पोखरेल, विकास बर्तौला, सीता सुवेदी, कृष्ण पौडेल, हरि अधिकारी र रमेश अधिकारी सदस्य छन्।

यस्तै बैठकले अधिवेशनका लागि निर्वाचन समितिसमेत गठन गरेको छ।

बुद्धि डल्लाकोटीको संयोजकत्वमा गठित निर्वाचन समितिमा सत्यप्रकाश कँडेल, छबि सापकोटा र रोशन घले सदस्य छन्। यस्तै समितिको सदस्य सचिवमा विकास बर्तौला छन्।

समाजको सदस्यता वितरण तथा सदस्य नविकरणका लागि अप्रिल महिनासमम्मको लागि समय तोकिएको अध्यक्ष घिमिरेले जानकारी दिए।

यहाँबाट बन्नुहोस् नयाँ सदस्य

सधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ। नयाँ कार्यसमितिको कार्यावधि २ वर्षको हुनेछ।

सन् २०११ मा स्थापित चितवन समाज अष्ट्रेलियाको सबैभन्दा ठूलो नेपाली समाज हो।

यसले शिक्षा, स्वास्थ्य र परोपकारी काममा आफूलाई सहभागी गराउँदै आएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update