Canmandu
सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, दुई पत्रकार सम्मानित हुने

अष्ट्रेलियामा कार्यरत नेपाली मूलका पत्रकारको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा) ले आगामी मे ५ मा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर स्थानीय समूदायसँग अन्तरक्रिया गर्ने भएको छ।

कार्यक्रममा अष्ट्रेलियाको नेपाली समूदायले यहाँका नेपालीमूलका पत्रकारहरुसँग राखेको अपेक्षा, एन्जाको धारणा एवं अहिलेको पत्रकारिताका आयामहरुबारे चर्चा हुन लागेको हो।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलसहित साउथवेल्स राज्यमा रही क्रियाशील समूदायका सबै अग्रजलाई निम्ता गरिएको संस्थाका महासचिव नारायण खड्काले जानकारी दिए।

सिड्नीको मेरिल्याण्डस्थित बार्दली फंक्सन सेन्टरमा शुक्रबार साँझ ६ बजेदेखि हुने कार्यक्रमको तयारी तिब्र पारिएको संस्थाका कोषाध्यक्ष खगेन्द्र सत्यालले दिए।

पत्रकार हेमन्त काफ्ले र ऋषि आचार्यलले यस वर्षको टिका कार्की स्मृति पत्रकारिता पुरस्कार पाउने भएका छन्।

एन्जाका दुई पूर्व अध्यक्षलाई पुरस्कार

पुरस्कार छनोट समितिले अष्ट्रेलियन नेपलिज जर्नालिष्ट एसोसियसन (एन्जा) का पूर्व अध्यक्षद्वय काफ्ले र आचार्यलाई १ हजार डलर राशीको उक्त पुरस्कार संयुक्त रूपमा दिने निर्णय गरेको हो।

आगामी विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सिड्नीमा एक कार्यक्रमबीच पुरस्कार हस्तान्तरण गरिने एन्जाले जनाएको छ। 

पुरस्कृत पत्रकारद्वय अष्ट्रेलिका नेपालीमाझ परिचित अनुहार हुन्। करिब तीन दशकदेखि नेपाली मुलधारको पत्रकारितामा सक्रिय रही हाल अष्ट्रेलियालाई कर्मथलो बनाएका वरिष्ठ पत्रकार काफ्ले सेतोपाटी अनलाईन अष्ट्रेलिया प्रतिनिधि हुन् भने आचार्य दशक अघिदेखि अष्ट्रेलियाको छापा, रेडियो र अनलाईन पत्रकारितामा सकृय रहँदै आएका छन्।

 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update