Canmandu
राजेश बुढाथोकीको नेतृत्वमा पश्चिम अष्ट्रेलियाको जनसम्पर्क समिति

राजेश बुढाथोकीको नेतृत्वमा पश्चिम अष्ट्रेलियाको जनसम्पर्क समिति गठन भएको छ।

पर्थमा आयोजित एक कार्यक्रमबीच बुढाथोकीको नेतृत्वमा समिति चयन भएको जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष शुरेश गुरूङले जानकारी दिए।

नेपाली कांग्रेसको प्रवासी भातृसंगठन जनसम्पर्क समिततिले आफ्नो संगठन विस्तारलाई तिब्रता दिने क्रममा बुढाथोकीलाई पश्चिम अस्ट्रेलियाको संयोजक तोकिएको गुरूङले जानकारी दिए।

कार्यक्रममा संयोजक बुढाथोकी सँगै पूर्व संयोजक दिपक पराजुली र दिनेश अधिकारीलाई सम्मान गरिएको थियो। 

'लामो विवादपछि एकता अभियानमा जुटेको जनसम्पर्क समितिले अस्ट्रेलियाको विभिन्न राज्यका समितिलाई पूर्णता दिने क्रममा पश्चिम अस्ट्रेलियामा सबैको सहमतिमा नयाँ नेतृत्व चयन गरिएको हो', अध्यक्ष गुरूङले भने।

342217738_6793420560671284_6042534000824384030_n1683097067.jpg

जनसम्पर्क समितिका सह महामन्त्री रविन्द्र गौतमले सञ्चालन गरेको कार्यक्रममा जनसम्पर्कका नेता सोम गुरूङ, उपाध्यक्ष गणेश पौडेल तथा एनआरएन ओसेनिया युवा संयोजक राज थपलियालगायतले नयाँ नेतृत्वलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका थिए।

कार्यक्रममा जनसम्पर्क समिति पश्चिम अस्ट्रेलियाका पूर्वसंयोजक पराजुलीले सबै साथीभाइको सल्लाह र सुझाबमा नयाँ नेतृत्वले आगामी कार्यक्रम तय गर्ने विश्वास ब्यक्त गरे। 

342216513_920340715907527_8961901763974752594_n1683097037.jpg

यस्तै कार्यक्रममा पर्थका सामाजिक अभियन्ता सुवास श्रेष्ठ, एकराज साम्पाङ, नवीन बिडारी, सेराफ कायस्थ, मिक्की सुवेदी, मनिष सिग्देल, प्रकाश आचार्य र अमृत लम्साल लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update