Canmandu
चुनावमा होमियो एनआरएन अष्ट्रेलिया

अस्ट्रेलियामा गैर आवासीय नेपाली संघ (एनआरएन) को निर्वाचन नजिकिएसँगै चुनावी चहलपहलले तिब्रता पाएको छ।

बिभिन्न गुट उपगुटमा छरिएका उम्मेदवारको झुन्ड बिभिन्न शहर र राज्यको भ्रमणमा निस्किएका छन्।

यसै क्रममा अस्ट्रेलियाको ब्यापारीक तथा पर्यटकीय शहर सिड्नीको न्युक्यासलवासीले  एनआरएन अस्ट्रेलियामा अध्यक्षका प्रत्यासी अनिल पोखरेल, आइसीसी प्रत्यासी डील्ली ढकाल , एनएसडब्लु संयोजक तथा उपाध्यक्ष बिनोद कुवर, महासचिवका प्रत्यासी सन्तोष कुँवर, कोषाध्यक्षका उम्मेदवार अर्जुन गौतम र स्थानीय उम्मेदवार सह-कोषाध्यक्ष रोजी पन्त र अमर रसाइलीलगायतको टोलीलाई भब्य स्वागत गरेको छ।

यो समूह जनसम्पर्क र एमाले निकट नभइ अलग्गै डेमोक्रयाटिक समूहको रुपमा चुनावी मैदानमा ओर्लिएको हो। 

कार्यक्रममा अध्यक्षका दाबेदार अनिल पोखरेलले आफूले दुई कार्यकाल कोषाध्यक्षको भूमिकामा एनआरएन अस्ट्रेलियालाई पारदर्शी भूमिकामा उभ्याएको र अस्ट्रेलियन भूमिमा नेपाली पहिचान कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले आफ्नो युवा टिमलाई विजयी दिलाउन आग्रह गरे।

यस्तै महासचिवका दोबदार सन्तोष कुँवरले एनआरएन परोपकारी अभियानमा आफ्नो एक दशक लामो अनुभव र अनुभूतीलाई संस्थाको विकास र बिस्तारमा लागिपर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे।

कार्यक्रममा एनएसडब्लुका संयोजक बिनोद कुँवरले युवा नेतृत्व अहिलेको आवश्यकता भएको औलाउँदै मुलुकको विकासमा जोडिने जमातलाई एनआरएनको नेतृत्वमा लान मतदाताहरुलाई आग्रह गरे। 

कार्यक्रममा आइसीसी सदस्यका उमेदबार डिल्ली ढकालले एनआरएन अभियानको मुल लक्ष्यलाई स्थापित गर्न तथा यसको शाखलाई अभिवृद्धि गर्न आफ्नो उमेदबारी रहेको जानकारी गराए।

कार्यक्रममा आयोजक न्यु क्यासलका दुई उम्मेदवार सह-कोषाध्यक्ष रोजी पन्त र एनएसडब्लु उप संयोजक अमर रसाइलीले युवा टीमलाई जिताउन न्युक्यासलबासी नेपालीको महत्वपूर्ण भूमिका रहने विचार ब्यक्त गरे। 

कार्यक्रममा नयाँका महासचिव सत्यप्रकाश कँडेल, एनसीसी सदस्य सन्तोष श्रेष्ठ, एससीसी सदस्य बाबुराज कडरीयालगायतले अनिलको टिमलाई विजयी बनाउन अनुरोध गरेका थिए। 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update