Canmandu
गैंरआवासीय नेपाली संघको एघारौ महाअधिवेसन अक्टोबर १७-२० काठमाडौंमा हुने

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाअधिवेसन आगामी अक्टोबर १७ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ।

एनआरएनए निर्वाचन समितिको कार्यालयले एक सुचना जारी गरी आगामी महाअधिवेसनको मिति तय गरेको हो। तदनुसार अक्टोबर १९ मा हूने निर्वाचनमा ७४ पदाधिकारीको निर्वाचन हुने जनाएको छ ।

निर्वाचित हुने पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १, महिला संयोजक १ र युवा संयोजक १ रहनेछन् ।

त्यसैगरी क्षेत्रीय संयोजक, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय महिला उपसंयोजक, क्षेत्रीय युवा संयोजक र क्षेत्रीय युवा उपसंयोजक ६/६, क्षेत्रीय उपसंयोजक १७ र दोश्रो पुस्ताका गैरआवासीय नेपाली १ का लागि गरि ७४ प्रतिनिधिका लागि निर्वाचन हुनेछ ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघले गौरवमय २० वर्ष पूरा गरेको छ । दुई दशकको यस अवधिसम्म आइपुग्दा नेपालीहरुको उपस्थिति भएका ८७ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल बन्न सफल भएको छ । हाल एनआरएनएमा विश्वभरबाट ९६ हजार ८ सय ५० पन्जिकृत सदस्य आबद्ध भएका छन् ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु, एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update