Canmandu
सबैका लागि सधैका लागि जब फोर डट अनलाइन

पढाइसकेर होस या आफुले पढेको कुरा प्रयोगमा ल्याउनका लागि होस । कामका लागि होस या दाम कमाउनैका लागि होस, अस्ट्रेलियालाई मुख्य आधार बनाएर जबफोरडटकम बजारमा आएको छ ।

आधुनिक बिश्वमा अनलाइनको प्रयोग बिना कुनैपनि काम सहजै र सजिलै पाउन मुस्कील भइरहेको बेला नेपाली व्यबशायीको प्रयासमा जब फोर डट अनलाइन सार्वजनिक भएको हो । मुख्यतय अतिथी सत्कार ब्यवशायलाई लक्षीत गरेर खोलिएको जब फोर डट अनलाइनले अष्ट्रेलिया र बिदेशमा रहेका दक्ष जनशक्तीहरुलाई कामसँंग जोडने प्रयास गरेको छ । यो एउटै प्लेटर्फमको रुपमा अनलाइनसँंग जोडिएका जनशक्तीलाई उनको दक्षता र योग्यता अनुरुप काम र कम्पनीमा जोडने थालनी समेत गरेको छ ।

कामदारहरुलाई निशुल्क रुपमा कम्पनी र सम्वन्धित निकायसँंग जोडिदिने अनि योग्यताको उपयुक्त ब्यक्तीगत बिबरण लेखनी र आवेदनमा समेत जब फोर डट अनलाइनले काम गर्ने यसकी बजार प्रवन्धक रश्मी जयगढी बताउछीन । यो ग्लोबल्ली सन्चालनमा आएतापनि हाल हामीले यसलाई अष्ट्रेलिया र नेपालसँंग जोडने प्रयास गरेका छौ, रश्मीले सुनाइन ।

अतिथी सत्कार व्यबशायमा दक्ष जनशक्तीहरुको टडकारो खाँचो छ अस्ट्रेलियामा । हामीले यहा रहेका र देश बाहिर रहेर अनुभव बटुलेका योग्य अनि दक्ष कामदारलाई उनिहरुको योग्यता अनुरुप सम्वन्धित निकायसँग जोडीदिने कार्य गरिरहेका छौ , उनले यसको उदेस्यबारे बताइन ।


जब फोरले संसारभरवाट दक्ष कामदारको खोजिमा रहेका बिभिन्न कम्पनीहरुसँंग आफ्नो पुहँंच पुरयाउने काम गरिरहेको छ । यसरी आवश्यक कामदारको मागलाई हामीले हाम्रो साइट मार्फत सार्वजनिक गर्ने र पुलको काम गर्ने कार्य गरिरहेका छौ । हामीले त्यती मात्र नभइ निशुल्क रेजुमी राइटीङ ,सल्लाह सुझाब तथा अध्यागमन सेवा समेत प्रदान गर्ने अभियानको थालनी गरेका हौ, बजार प्रवन्धक रश्मीले कम्पनीको सेवा र सुविधाको बारेमा प्रष्ट पारीन । अष्ट्रेलियामा रहेर कुकरी बेकरी पढेका तथा अनुभब बटुलेका युवाले पनि भबिष्यको कार्ययोजना बुन्न यो साइट महत्वपुर्ण हुने तथा नेपाल र बिदेशमा छरिएर रहेका अनुभवी कुक ,सेफ तथा होटल व्यबस्थापनमा संल्गन ब्यक्तीले आफनो नया भबिष्य कोर्न सक्ने छन ।

संसार डिडिटल युगमा अगाडि बढिरहेको बेला नेपालीहरुले पनि यसरी एउटा नया फोरमको सुरुआत गर्नु महत्वपुर्ण फड्कोको रुपमा रहेको एनआरएनका उप महासचिब गणेश केसी बताउछन । अष्ट्रेलियामा अतिथी सत्कार क्षेत्रमा कामदारको निकै अभाव छ ,नेपालमा छरिएर रहेका र थाहा नपाएका अनि बिदेशमा बसेका नेपालीका लागि पनि यो साइट निकै महत्वपुर्ण साबित एनआरएन अभियन्ता केसीले बताए । कतिपयलाई थाहानै छैन , बिदेशमा पढेर मात्र हैन अनुभव र शिप पनि बिक्छ भनेर ,त्यसैले यस जब फोर डट अनलाइनले यस्तै कुरालाई महत्व दिएको पाए ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update