Canmandu
मेलवर्नमा सिएरा कप फुटबल शनिबार सुरू हुने

एभरेष्ट युनाइटेड क्लबको आयोजनामा यही आउँदो सेप्टेम्बर २३ देखि दुई दिने सिएरा कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

मेलवर्नका दश वटा फुटबल क्लबले भाग लिएको प्रतियोगिता लिग कम नक आउटको आधारमा आयोजना हुनेछ।

प्रतियोगिता खुला, ३५ वर्ष माथिको र १३ वर्ष मुनिको गरी तीन प्रकारको हुने क्लबका संस्थापक राजन मास्केले बताए। 

बहुसांस्कृतिक समुदायको सहभागिता रहन सक्ने यस प्रतियोगितामा कुल पाँच हजार डलर पुरस्कार छ।

भवन निमार्णमा सक्रिय सिएरा होम्सको प्रायोजनमा सन्चालन हुने प्रतियोगितामा बालबालिकाका लागि मनोरन्जनात्मक खेलहरू समेत समावेश गरिएको आयोजकले जनाएको छ।

पुराना साथी भेटौं, नयाँ साथी बनाऔं र मनोरन्जन गरौं भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको मास्केले बताए। 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update