Canmandu
चितवन समाज अस्ट्रेलियाको साधारण सभा हुदै

सिड्नी ।  अस्ट्रेलियाको नेपाली  समुदायमा सामाजिक र कल्याणकारी कार्य गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल चितवन समाज अस्ट्रेलियाको छैठौं साधारण-सभा आगामी सेप्टेम्बर २४ आइतबार हुने भएको छ। 

सिड्नीको मेरिल्याण्ड्स स्थित रेष्ट फन्कसन सेन्टरमा अपरान्ह ५.३० बजेदेखि हुने साधारण सभाले नयाँ कार्यसमितिको घोषणा गर्नेछ । नयाँ कार्यसमितिको कार्यावधि २ वर्षको हुनेछ।

नयाँ कार्य समितिको निर्वाचनका लागि निर्वाचन कमिटिको संयोजक बुद्धि डर्लाकोटिको संयोजकत्वमा  सत्यप्रकास कंडेल ,छबि सापकोटा ,रोसन घले र विकास बर्तौला सदस्य रहेको निर्वाचन कमिटी गठन गरिएको थियो ।

संस्थाका अध्यक्ष पूर्णनाथ घिमिरेका अनुसार साधारण सभामा भाग लिन संस्थामा आबद्ध सबै सदस्यहरुलाई निमन्त्रणा पठाई सकिएको छ ।  

करिव ४ सय ५० को हाराहारीमा सदस्य संख्या रहेको यो सस्थामा यसमा आजीवन सदस्यको रुपमा  १४ जना रहेका छन् ।

गैर नाफामुलक सामाजिक संस्थाको रुपमा सन् २०११मा अस्ट्रेलियाको फेयर ट्रेडिङ्गमा दर्ता भएको यो सस्था यहाँसम्म आइपुग्दा नेपाल र अस्ट्रेलियाको नेपाली समुदायमा विभिन्न कल्याणकारी र सामाजिक कार्यमा आफूलाई अग्रपंतिमा उभ्याउदै आएको छ।

सन् २०११ मा स्थापित चितवन समाज अष्ट्रेलियाको सबैभन्दा ठूलो नेपाली समाज हो।

यसले शिक्षा, स्वास्थ्य र परोपकारी काममा आफूलाई सहभागी गराउँदै आएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update