Canmandu
सिड्नीमा एक सातामै चार नेपालीको मृत्यु

पछिल्लो एक साताको अवधिमा अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा मात्र करिब आधा दर्जन नेपाली युवाले ज्यान गुमाएका छन्।

पानीमा डुबेर, काम गर्ने क्रममा करेन्ट लागेर तथा अपार्टमेन्टमै बेहोस भएर नेपाली युवाले ज्यान गुमाएको गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ। एनआरएनए अष्ट्रेलिया एनएस डब्लु संयोजक विनोद कुँवरका अनुसार मृत्युका कारणहरू भिन्न रहे पनि अधिकांश मृतक अस्ट्रेलियाको अस्थायी भिसामा रहेका थिए।

उपाध्यक्षसमेत रहेका कुँवरले मृतक परिवारका लागि सहयोग अभियानमा आफूहरु जुटिरहेको  बताए। सचेतनामा ध्यान नदिदा र मानसिक स्वास्थ्यका कारण समेत नेपाली युवाहरु जोखिममा परेको आँकलन एनआरएनए अष्ट्रेलियाले गर्दै सचेतनाका कार्यक्रमको पहल गर्ने बताएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update