Canmandu
सिड्नीमा गुन्जिए कर्ण दास

गायक कर्ण दासले शुक्रबार साँझ सिड्नीमा आफ्नो प्रस्तुती दिएका छन्।

बार्डिया नेपाली समाजको आयोजनामा गायक कर्णदासले लिभरपुलस्थित स्थानीय क्याथोलिक क्लवमा आफ्नो सांगीतिक प्रस्तुति दिएका हुन्।  कार्यक्रममा कर्णदासलाई स्थानीय कलाकारले साथ दिएका थिए।

अस्ट्रेलिया एउटा छुट्टै छाप छोड्दै आफ्ना फ्यानसँग पुनर्मिलन गरेका कर्णदासले आफ्नो एकल एल्बम 'एउटा नयाँ आशा’ को पनि बिमोचन गरेका छन्।

Karna-Das-elbam-rilij-1024x682-1712378866.jpg
 

बिभिन्न ७ वटा नयाँ गीत र ४ पुराना गीत समेटिएको उक्त एल्बममा देशभक्ति, मायाप्रेम र बिछोडका गीतहरु रहेको गायक कर्ण दासले मंच बाट जानकारी दिएका थिए । उक्त गीति एल्बमको बिमोचन पुर्ब प्रधानसेनापति एबम रचनाकार प्रज्वलशमशेर जबरा तथा थुप्रै गित र रचनाकी सर्जक सिन्धु राणाले संयुक्त रुपमा गरेका थिए ।  शुल्क नतोकी रखिएको उक्त सिडी एल्बमबाट उठेको सबै रकम पोखराको एक बृद्द आश्रमको लागि दान गर्ने पनि दासले बताए।

नेपालीहरुको बाक्लो बस्ती रहेको बार्डिया क्षेत्रमा नेपालीजनहरुको आपसी सदभाव र एकताका लागि खोलिएको समाजले यस्तै खाले कार्यक्रममाझ बिभिन्न सामाजिक कार्य गर्दै आएको बार्डीया नेपाली समाजका अध्यक्ष एवं युवा अभियन्ता रन्जितराज वन्तले जानकारी दिए।

यसअघि गत अप्रिल २२ शुक्रबारको साँझ सिड्नीको पारामटामा अबस्थित अत्याधुनिक रिभरसाइड थिएटरमा कर्ण दासले आफ्ना करिब ५०० दर्शकहरु माझ आफ्ना नयाँ र पुराना गरि करिब एक दर्जन गीत गाएका थिए । कर्ण दास र दर्शक बिचको यो अबसरको समायोजन सिड्नीको सिल्भर स्क्रिन प्रोडक्सन, द टीम इभेन्टस, जेनेरेसन मिडियाले संयुक्त रुपमा गराई दिएको थियो भने कार्यक्रमबाट उठेको रकमबाट वी टीमले शिक्षा क्षेत्रमा गर्दै आएको कार्यलाई सहयोग गर्ने पनि जानकारी गराईएको थियो । कार्यक्रम भरि नै आफ्ना दर्जनौ लोकप्रिय गितहरुमा वहा.. वहा पाएका कर्ण दासले ” जिन्दगिको के भरोशा ……… ”  बोलको गीत दर्शकको अत्यधिक माग पश्चात दोहोराएर गाएका थिए ।

सिड्नी पछाडी कर्ण दासले मेलबर्नमा समेत भव्यताका साथ आफनो दर्शकहरुको मन जित्दै कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update