Canmandu
सिड्नीको ‘सिटी टु सर्फ’ मा नेपाल भ्रमणको निम्तो

दसौं हजारको सहभागिता रहने अस्ट्रेलियाको च्यारिटी दौड प्रतियोगिता ‘सिटी टु सर्फ’ मा यसपटक एनआरएन एनएसडब्लुले नेपाल भ्रमणको निम्तो दिँदै आफ्नो सहभागिता जनाएको छ। 

सिटीदेखि सिड्नीको बोन्डाई समुन्द्री किनारासम्मको १४ किलोमिटरको दूरीमा हुने यो दौड सहयोगी कार्यक्रम बोकेर सन् २००८ देखि सुरू भएको हो। 

यसमा अस्ट्रेलियाका दसौं हजार शौखिन धावकले सहभागिता जनाउने गर्छन्। यस पटक एनआरएन अस्ट्रेलिया एनएसडब्लु राज्य समितिले नेपालको पर्यटन प्रवर्द्धनको लागि सहभागिता जनाइएको थियो। 

जसमा सयौं नेपालीले ‘लेट्स गो नेपाल’ अंकित टी-सर्ट लगाएर दौडमा सामेल भएका थिए। 

‘यस पटक हामीले नितान्त नेपालको पर्यटन प्रवर्द्धको उद्धश्य बोकेर दौडको कुम्भ मेलामा सहभागिता जनाएका हौ,’ एनआरएन एनएसडब्लुका सचिव विनोद कुँवरले भने, ‘यसले सार्थकता पाएको हामीले महशुस गरेका छौ।’  

दौडमा एनएसडब्लु राज्यका महावाणिज्यदूत दिपक खड्का, एनआरएन एनएसडब्लुका संयोजक देव गुरूङ, एनआरएनका पूर्व उपाध्यक्ष स्वतन्त्र प्रताप शाह, समुदायका अगुवा निरज श्रेष्ठ, नेपाली दूतावासका प्रतिनिधि र एनआरएनका पदाधिकारीलगायत नेपाली संघ संस्थाका पदाधिकारीको सहभागिता थियो। 

हजारौंको संख्यामा सहभागिता रहने यस्ता समाजिक प्रतियोगितामा ‘नेपाल जाउँ’ भन्ने शन्देसका साथ गरिएको सहभागिताले मुलुकको पहिचान बढाउने महावाणिज्यदूत दिपक खड्काले बताए। 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update