Canmandu
विद्यार्थीको समस्या "क्लीक"को समाधान

सीड्नीको एउटा मार्टमा सामान भर्ने र बट्टा काटने काममा पुगेका हरेरामलाई स्टोर मेनेजरले सोध्यो ,कति पढेको छस भनेर । उसले आफुले आइटीमा मास्टर्स सकेको जवाफ दिदै गर्दा अवाक भएको मेनेजरले भने यो पेशामा ओभर क्वालिफाइड रैछस । छेउमै बसेको साथी हास्दै थियो । तर हरेरामले कुनै जवाफ फर्काएन र इट्स अल राइट भन्दै काममा लाग्यो । आइटी र एकाउन्टीङमा मास्टर्स गरेका विध्यार्थीहरु क्लीनिङ र कफी मेशिनतिर झुन्डी रहेको दृष्य सीडनीको लागि नौलो पटक्कै होइन । तर पढेको बिषयमा व्यबशायीक जागिर नपाएपछि गरुन पनि के बिचाराहरुले । राम्रै पढाइ, डिस्टीङसनको उचाइले पनि किन पछि परेका छन नेपाली बिध्यार्थीहरु । यसै बिषयमा नियाल्दै गर्दा छोटो समयमा छलाङ मारेको क्लीक कन्सलटेन्टलाई संझीन मन लाग्यो । click3-1712465407.jpg

यतिखेर अस्ट्रेलियामा सरकारले अन्तर्राष्ट्रीय विध्यार्थीहरु माथि कसिलो निती अपनाउदैगर्दा बिध्यार्थीहरुमा आइपर्ने गारो सारो फुकाउने माध्यमका रुपमा क्लीक सीडनीको शैक्षिक बजारमा देखापरेको छ । 

आफुहरुले बिध्यार्थी जिवनमा भोगेका कठिनाइ र वाधा अडचनलाई मनन गर्दै केहि व्यबशायीक ठिटाहरुले क्लीक कन्सलटिङ समुह गठन गरेर अनुभवलाई बाड्दै नया पीढीलाई सहि वाटो देखाउने प्रयासमा लागेका हुन । अस्ट्रेलियामा लेबर सरकारको शैक्षिक नितीले अब पढाइ सकेर टेम्पोरोरी ग्राजुयट भिषा पछि पुन अध्यनलाई अगाडि बढाउन कठिन हुने भएकोले यस बिचमा कसरी व्यबशायीक नोकरी प्राप्त गर्ने र स्थायित्व प्राप्त गर्ने भन्ने बिषयमा क्लीकले आवश्यक सहयोग गर्दै आएको छ । 
हाल क्लीकलाई सीडनीको पारामाटामा कर्मथलोका रुपमा अगाडि बढाउदै आएका युवा सीपीए मील्टन पौडेल,आइटी बिज्ञ सुनिल सिग्देल र ओम राउतले छोटो समयमा लामो छलाङ मार्दै विध्यार्थीको व्यबशायीक हितमा महत्वपुर्ण कदम अगाडि बढाइ सकेका छन । एकाउन्टीङ र आइटीमा अध्यन पुरा गरेर जागिरको खोजिमा भौतारिरहेका युवा जमातलाई वाटो देखाइदिने कुरामा हामी एक कदम अगाडि बढेका छौ, सीपीएको अनुभव सम्हालेका मिल्टन पौडेलले बताए । सन २०१५मा विध्यार्थीका रुपमा अस्ट्रेलिया आइपुगेका मिल्टनले विभिन्न कर्पोरेट संस्थामा अनुभव संहाल्दै हाल सीपीएसम्मको यात्रा तय गरिसकेका छन । हामीले यहा जागिर खान र स्थायित्व प्राप्त गर्न निकै ठुलो संघर्ष पुरा गर्नु परयो अब नया पीढीले त्यो दुख नपाउन र केहि शिप र अनुभवले लिएर काममा जाउन भन्ने हाम्रो उद्देस्य हो , पौडेलले आफ्नो बिगतको अनुभवलाई साटे । हिजोका दिनमा मैले एकाउन्टीङ पढेर पबमा काम गरे तर अब आउने नया पीढीले पढाइ अनुरुपको जागिर पाउन भन्ने हाम्रो चाहना हो , मिल्टनले थपे । 
सीडनीको व्यबशायीक घरानामा आइटी कन्सलट्यान्ट रहिसकेका ओम राउत आइटीमा मास्टर गरेका विध्यार्थीहरु क्लीनीङ र पब अनी पसलतिर कफी बनाइरहेको घटनाक्रमले आफुलाई घचघचाएको अनुभव गर्छन । आफुले प्रारम्भमा आउदै गर्दा सबैले भन्ने गरेको क्लीनीङ क्लीनिङ सुन्दा यहा कामै यहि रहेछ भन्ने भान परेको बताउने ओम नेपाली विध्यार्थीहरुमा प्रशस्तै क्षमतावान रहेको तर आफ्नो क्षमतालाई प्रर्दशन गर्ने कुरामा भने पछि परेको "क्लीक" भएपछि क्लीकको जन्म भएको बताउछन ।  भारतियहरु अस्ट्रेलियन आइटी उद्योगमा छाइसकेका छन तर नेपालीहरु त्यही शिक्षा पढेर पनि व्यबशायीक जागिरवाट बन्चित छन ,त्यसको उपचार खोज्ने प्रयासमा हामी लागेका छौ,ओमले अनुभवलाई  सुनाए । हिजो कोहि थिएन, आफै सिकेर जानेर गर्नुपथ्र्यो अब कमसे कम वाटो देखाउनेहरु पनि छन भन्ने कुरा ठुलो हो ।  पाँंच सात बर्ष नेपाली विध्यार्थीहरुले पनि आफ्नो ज्ञान र शिपलाई तिखार्ने र निखार्ने हो भने अस्ट्रेलियाको आइटी क्षेत्रमा नेपालीको उपस्थीती बलियो हुनेमा उनि ढुक्क छन । click1-1712465405.jpg

कफी देखि क्लाउडसम्मको यात्राले खरिएका आइटी इन्जिनियर सुनिल सिग्देल शैक्षिक क्षेत्र अन्र्तगत आइटी र एकाउन्टको क्षेत्रमा नेपाली विध्यार्थीहरुको बाक्लो उपस्थीती भएकोले अबका दिनमा यसैलाई पेशा बनाउने कुरामा विध्यार्थीहरु दृढ हुनुपर्ने बताउछन । शैक्षिक परामर्श क्षेत्रमा समेत अनुभव बटुलिसकेका सुनिल भन्छन,हामीले दिने र सिकाउने भनेको अनुभव र अर्थपुर्ण उपस्थीतीनै हो । पढाइ सकेका विध्यार्थीहरुले अनुभव सहितको बलियो उपस्थीती देखाए भने जागिर नपाउने सवालै रहदैन । अहिले नेपाली विध्यार्थीको कमजोरी भनेकै अनुभव र बिश्वासको कमी हो । पढेका कुरालाई व्यबहारमा उतार्न बलियो भएर अनुभव सहित मैदानमा उत्रने हो भने कसैले पछि पार्दैन त्यसैले पनि क्लीकले यसैलाई प्रमुखताका अगाडि बढाएको छ , सुनिल भन्छन । 

click-2-1712465405.jpgक्लीक कन्सलट्यान्टका निर्देशकका रुपमा रहेका सन्तोष श्रेष्ठ अस्ट्रेलियामा व्यबशायीक काममा कामदारको आवश्यकता अझै टडकारो रुपमा रहेको तथ्याकंले पनि देखाएको बताउछन । बस उनिहरु अनुभवी र क्षमतावान उमेदबारलाई भित्राउन चाहन्छन,त्यसका लागि आवेदन देखि अन्वार्तासम्मका कयैन पाटाहरु हुन्छन,जसका लागि शिपको आवश्यकता हुन्छ । हामी त्यही शिप सिकाएर विध्यार्थीलाई आफुले अध्यन गरेको बिषयमा सबल उमेदबार बनाउन चाहन्छौ, श्रेष्ठको भनाइ थियो । त्यसका लागि क्लीकले निशुल्क रेजुमी शेसनदेखि बुट क्याम्प चलाउदै आएको श्रेष्ठको कथन छ । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update