छोरा छोरीको रहर छ,गाउ गाउमा लहर छ ,हरेक घरमा कहर छ , बिदेश जानै पर्छ अनि मात्र कलर पनि फेरीन्छ डलर पनि कमाइन्छ भन्ने । यतिबेला बिदेश अध्यन गर्न जाने र पठाउनेको प्रतिस्पर्धानै देखिन्छ नेपालमा । अमेरिकाको भिषा दिएन,अस्ट्रेलिया ट्राइ गर्ने । त्यता पनि भएन क्यानडा जाने,कतै भएन भने न्युजिल्यान्ड र लन्डन पनि नछाडने । युवाहरुको दिमागमै हरियो डलर र खैरो कलरले डेरा जमाइसकेको छ ।
यसरी बर्षेनी लाखौ युवा बिदेशीने क्रम बढदैगर्दा अस्ट्रेलिया,अमेरिकाजस्ता हजारौ नेपाली विध्यार्थीहरु अध्यनरत मुलुकहरुमा केहि खुसीका क्षणसगैं पीडाको पहाड पनि उक्लिनेक्रम बढदो छ । छोरा छोरीलाई बिदेश पठाएपछि कमाउछन र रमाउछन भन्ने सोच्ने अभिभावकहरु केहि महिना ,बर्षमै बिछोडको पीडामा रुमल्लीन बाध्य भएको केहि घटनाक्रमले पृष्टी गरेको छ ।
अस्ट्रेलियामा केहिले उन्नतीका पथमा प्रगतीका इटा थपेका उदाहरणसँंगै कोहीको भने बिछोडको पीडा र ज्यानै जाने घटनाक्रमले परिवार आशुको भेल थामिनसक्नु भएको छ ।
यस्तै पीडा र बिछोडको केहि प्रतिनधि घटनाहरुले अस्ट्रेलियाको नेपाली समाजलाई पनि झकझकाएको छ । पछिल्लो हप्ता अस्ट्रेलियामा चार जना नेपाली विध्यार्थीहरुले ज्यान गुमाए । पर्थमा पानिमा डुबेर घुम्न गएका एक नेपाली युवाले अकालमा ज्यान गुमाए भने मेलवर्नमा घाटी रेटेर अर्का युवाले ज्यान फाले । यस्तै क्यानबेरा र सीडनीमा दुइ जना नेपाली विध्यार्थीहरुले देहत्याग गरे । यो बर्षको प्रारम्भमै यस्ता खाले दुखद घटनाक्रमले ती बिध्यार्थीको परिवारमा कस्तो बित्यो होला । कयैन बाबुआमाका आशु अझै थामिएका छैनन , बिदेश पठाएको छोरोको लाश कुरेर बसेका ती अभिभावकमाथी परेको बज्रपातको कुरो गरेर साध्य छैन । आमा मुर्छित,बाबु अवाक अनि परिवार शोकमा डुबेको खबरले यताका साथीभाइ पनि बोल्न सकिरहेका छैनन ।
यसरी अकालमा ज्यान गुमाउनेहरुको घटनाक्रमसँंगै परिवारीक बिछोडको अको पीडाले नराम्रो गाजेको छ बिदेशमा । समुन्द्र किनार र गगनचुम्बी मिनार अनि पहेलो डलर र त्यसले फेरीने कलरको मोहमा कलिलै उमेरमा बिदेशीएका युवा युवती अभिभावकसँंग सम्पर्कबिहिन हुन थालेपछि यसले परिबारलाई पीरोल्न थालेको छ ।
लाखौ रुपैया खर्चेर अस्ट्रेलिया पढन पठाएको छोरो डेढ बर्षमै सम्पर्क बिहिन भएपछि हार गुहार गर्दै एक जोडी नेपाली अभिभावक डेढ महिना अस्ट्रेलिया बसेर फर्केको भर्खरै हो । पढेर उच्च शिक्षा र मनको आकंक्षा पुरा गर्ने आशामा बसेका अभिभावक आफै छोरो खोज्न अस्ट्रेलियाको शहर शहर भौतारिनु पर्दाको पीडा कसलाई सुनाउने र भन्ने । तर के गर्ने छोरोको खोजिमा आएको बाबुनै बिरामी परेर थलिएपछि परिबारमा पीडाको पहाडनै टुट्यो भन्दा फरक नपर्ला । तर अठार बर्ष पुगिसकेको छोरोले आमा बाबुलाई समेत भेटन नमानेपछि उनिहरु गरुंगो मन लिएर नेपाल फीरेका छन । अस्ट्रेलियाको ब्यक्तीगत स्वतन्त्रता र बालिग अधिकार अन्र्तगत १८ बर्ष माथिको कुनै पनि स्वदेशी तथा बिदेशीलाई उसको इच्छा बेगर जबरजस्ती गर्न पाइदैन । यो अधिकार मिचेर राजदुतावास होस या सामाजिक संघ संस्था अथवा अभिभावकले पनि केहि गर्न सक्ने आधार रहदैन । त्यस्तै भयो त्यस परिवारमा छोराले बाबु आमा भेटन मानेन, प्रहरीले नो प्रोब्लम भनिदियो ।
यस्तै अर्को घटनाका रुपमा सात बर्षदेखि अस्ट्रेलिया बसेका एक युवाले पढाइ बिगारेपछि परिवारसँग बिस्तारै टाढिन थाले । पढन पठाएको छोरो चार बर्षदेखि सम्पर्कमा नआएपछि अभिभावकले नाता गोतासँंग खोजिदिन आग्रह गरे । उ भने सीडनीमै थियो तर सबै नाता कुटुम्बअनि साथीभाइसँग सम्पर्क बाहिर । पढाइ बिग्रीयो , त्यसपछि भिषा सिद्धीयो तर उ यतै कतै भौतारिदै छ । उसलाई देख्नेहरु प्रसस्तै छन तर अभिभावक भने खोजेका खोजै छन ।
लागु पर्दाथ , जुवा तास , फेसनमा फसेका युवाहरुमा यस्तो अवस्था बढि देखिएको एनआरएनका सचिब डा ज्ञानेन्द्र रेग्मी बताउछन । सानै उमेरमा बिदेश आए , रमाइलो तिर फसे , पढाइ कमजोर हुदै गयो अनि बिस्तारै जुवा , लागुपर्दाथमा तानिए त्यसपछि परिवारसँंग टाढिए । पछिल्ला केहि घटनाक्रमले यस्तै यस्तै कुरा देखिएको डा रेग्मीको कथन थियो ।
छात्रहरुमा मात्र हैन युवा छात्राहरुमा अहिले यस्तो प्रवृती देखिन थालेको छ । पढाइ र बसाइ बारे जानकारी नदिने, परिवारसँंग सम्पर्कमा नआउने , चाडो पैसा कमाउने नाममा स्क्याममा फस्ने अनि गाजा र रक्सी जाडमा मदमस्त हुनेजस्ता घटनाक्रमले छोरीहरुको चियो
चर्चोमा अभिभावकको चासो निकै बढेको छ । कतिपय सवालमा लिभिङ टुगेदरको संख्या हवात्तै बढेको छ । सीडनी शहरका जानेमाने पबहरुमा समेत ठमेल नाइट र डेटिङ साइटवाट चर्चित हुन थालेका छन । यसले हाम्रो युवा पुस्ता कता रमाउदै छन भन्ने कुराको पनि
संकेत गर्दछ ।
हुन त संख्यात्मक रुपमा नेपाली विध्यार्थीको संख्या ह्वात्तै बढदैगर्दा विकृतीका साना तिना घटनाहरुपनि सामान्य हुन सक्लान । तर त्यसो भनेर भाग्न पाइने अवस्था छैन ।अध्यन रअध्यापनका लागि भनेर बाबु आमाले स्वर्णिम भविष्यको कल्पना गर्दै बिदेश पठाएका नानी बाबुहरुको पहिलो उद्देस्य शिक्षामै निहित हुनुपर्दछ भन्ने बिषय महत्वपुर्ण हो । पढाइ सकेर,जागिर खाएर रमाइलो गर्ने अनि मोजमस्ती गर्ने दिनपनि उनिहरुका लागि प्रशस्तै रहन्छ ।