Canmandu
अस्ट्रेलियामा विध्यार्थीमाथि अध्यागमनको कडाइ

अन्जन खड्का
अस्ट्रेलियन सरकार र अध्यागमन बिभागले यतिखेर अन्तर्राष्ट्रिय विध्यार्थी माथि कसिलो निती लागु गरेपछि यसको चपेटामा नेपाली विध्यार्थीहरु पनि पर्न थालेका छन । 
अस्ट्रेलियन सरकारले तोकेको साप्ताहिक २४ घन्टे काम र कलेजको हाजिरीमा कडाइका साथ छड्के नजर पार्न थालेपछि केहि नेपाली विध्यार्थीहरु समेत यसको मारमा थलिन पुगेका छन भने केहि अप्ठ्यारो स्थीतीको सामना गर्न बाध्य भएका छन । पछिल्ला केहि महिनादेखि नेपाली विध्यार्थीहरुको लागि पनि निकै कठिन भएको अस्ट्रेलियाको शैक्षिक गन्तब्यमा यो कडाइ नितीले थप अप्ठयारो स्थीती सृजना गरेको छ । 
अस्ट्रेलियन अध्यागमनको पछिल्लो आंकडा हेर्ने हो भने करिब ७० हजार नेपाली विध्यार्थी अस्ट्रेलियामा उच्च अध्यनमा रहेका छन । त्यस माथिपनि बिश्वबिद्यालयस्तरमा चालिस प्रतिशत र प्राविधिक (भेट) शिक्षामा ६० प्रतिशत नेपाली विध्यार्थी अध्यनरत तथ्यांकले देखाउछ । बग्रेल्टी खुलेका भेट कलेजहरुको शैक्षिक स्तर र नियमनको समस्याले पनि विध्यार्थीहरुको हेलचेक्राइ बढेको कारण पढाइमा भन्दा कमाइमा बढि ध्यान दिने बिध्यार्थीहरु यतिखेर अस्ट्रेलियन सरकारको निगरानिमा परेका छन । सरकारको होम अफयर्स बिभागले विध्यार्थीको सबै खाले डाटा खोदलेर कर छली गर्ने र करको दायरामा समेत नआउने विध्यार्थीमाथि पनि एटीओमार्फत कारबाहीको दायरामा ल्याउन कसरत गरेवछि दुइवटा काम गर्ने र नगदमा काम गर्नेहरुको सातोपुत्लो उड्न थालेको छ । नेपाल गएका दुइ नेपाली विध्यार्थीहरु बिदा मनाएर नेपालवाट अस्ट्रेलिया फर्कने क्रममा कलेजको हाजिरी र बडि काम गरेको पाइएपछि भिषा रद्द भएको समाचारले सीडनीमा सनसनी मच्चाएपछि विध्यार्थीहरु धमाधम काम छाडदै नियमित कलेजको वाटो तताउन थालेका छन । 

भर्खरै डेढ महिनाका लागि नेपाल गएकी निशा (नाम परिवर्तन)ले यी खबर साथीभाइ मार्फत सुनेपछि डेढ हप्तैमै आफ्नो बिदा छोट्याएर नेपाल फर्कने भएकी छिन । निशाले भनिन ,खोइ के हो सबैले हल्ला गर्न थाले त्यसैले पनि बिदा छोट्याएर फर्कन लागेको हुँ । सीडनीमा डिप्लोमा पढिरहेकी सातदोवाटोकी सरीता केसीले मंहगो फी र बसाइका लागि पनि विध्यार्थीले कम्तीमा काम गर्न पाउनुपर्ने लिमिटेसन बढाउनु पर्ने तर्क राख्छीन । २४ घन्टाको कामले त खान र बस्न ठिक्क हुन्छ तर यहाको बिश्वबिद्यालयको मंहगो फी तिर्न अब नेपालवाट पैसा झीकाउनु पर्ने भो सरीताले भनिन । 
सरकारले अन्तराष्ट्रिय बिध्यार्थीहरुले तोकिएको समय र करको दायरामा नबस्ने र नगदमा काम गर्ने बढि पाइएकोले पनि अस्ट्रेलियन कर कार्यालयले यसमा कडाइ गर्न थालेको हो । यसअघि कोरोनाका कारण कामदारको अभाव हुँंदा भने सरकारले बिध्यार्थीलाई समेत काम गर्न पुर्ण छुट दिएको थियो । 
सरकारले अन्तर्राष्ट्रिय विध्यार्थीको हकमा तोकिएको साप्ताहिक २४ घन्टाको समयसीमा भित्र रहेर काम गर्न र भिषा कन्डिसनलाई उलंघन नगर्न आग्रह गर्छन एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु संयोजक बिनोद कुवर । एक्स्ट्राटेक आइटी एन्ड एकाउन्टीक सर्भिसका प्रशिक्षक ट्रेनर समेत रहेका उपाध्यक्ष बिनोद कुवर कुनै पनि देशमा अध्यन गर्न आएपछि त्यहाको निती नियम र कानुन मान्नु पर्ने सबैको दायित्व हुने बताउछन । त्यसमाथि पनि विध्यार्थीले प्रारम्भमै आफनो भिषा कन्डिसनमा यी सबै निती नियम मान्छु भनेर सहिछाप समेत गरिसकेको हुनाले यसलाई अक्षरस पालना गर्नुपर्ने बताउछन । अहिले सम्म करिब हजारौ नेपाली विध्यार्थीलाई आइटी र एकाउन्टिङमा जागिर लगाउन सफल भैसकेको कुवर विध्यार्थी जिवन अनुशासीत भएमा मात्र त्यसले पछि प्रतिफल दिने हुनाले सबैलाई काम र कमाइमा भन्दा पनि पढाइ र बसाइमा ध्यान दिन आग्रह गर्छन । 
होम अफयर्स बिभागले बिध्यार्थीहरुले प्राप्त गरेको प्रवेशाज्ञाको आधार उलंघन गरेपछि यस्तो कारबाहीको हकदार बन्नसक्ने कानुन व्यवशायी कल्याण खड्का बताउछन । यस्तो अवस्थामा होम अफयर्स बिभागले एनइसीसी अर्थात नोटिस अफ इन्टेनसन टु कन्सिडर क्यान्सीलेन्सन अफ भिषाको सुचना जारी गर्न सक्छ । यो विध्यार्थीलाई विभागले सोधपुछको लागि प्रारम्भमा पठाउने पत्राचार हो । यसमा विध्यार्थीले पुनरावेदन गर्न पाउने ठाउँ समेत रहन्छ । अध्यागमन बिभाग र अस्ट्रेलियन कर कार्यालयबिच एक आपसमा आपसी समन्वयभइ एक अर्कामा तंथ्याक अनुगमन गर्ने सहमती भएपछि धमाधम बिध्यार्थीमाथि कडाइ गरिन लागिएको हो । 
यतिखेर अस्ट्रेलियन सरकारको निती नेपालप्रती केहि कठोर बन्दै गएको परिप्रेक्षमा यस्तो घटना घटनु दुखदायी भएको नेपाल शैक्षिक परामर्शदाताहरुको छाता संगठन (इक्यान)का अध्यक्ष शेषराज भट्टराइ बताउछन । उत्कृष्ट विध्यार्थीहरुको प्रवेशाज्ञामा पनि नकरात्मक परिणाम आउनु र पढन गएका बिध्यार्थीहरु माथि पनि कडाइका साथ प्रस्तुत हुनु आफैमा अस्पष्ट शैक्षिक निती जस्तो देखिएको छ । हिजो कामदार आवश्यकता हुँदा विध्यार्थीलाई कुनै लिमिटेशन नराख्ने आज आवश्यक नपर्दा डन्डा चलाउने निती त्यती स्पष्ट देखिदैन, इक्यानका अध्यक्ष भट्टराइले बताए । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update