Canmandu
जेनिशाको "गाजल"ले चर्चा कमायो

https://youtube.com/watch?v=QjAXPWEaWAs&si=zbrZqncEZYAbbah3

अष्ट्रेलियामा आएर पनि ब्यस्त जिवनबिच गित संगितमा लागिपरेकी गायिका जेनीशा गौतमले हालै एक प्रेमिल गीत गाजलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन । फरक शैली र अलग प्रस्तुतीका रुपमा रहेको यो गितमा जेनीशा गौतमले केहि नया शन्देश दिन खोजेकी छिन ।
गत मार्च २२ मा सिड्नीमा एन्टाले आयोजना गरेको होलि कार्यक्रममा संगीत श्रष्टाहरु र दर्शकबिच उक्त गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । अस्ट्रेलियाको नेपाली समाजको बिविध कार्यक्रममा गित संगित अनि नृत्य लिएर प्रस्तुत हुने जेनिशा प्रतिभाशाली कलाकार पनि हुन । कलाकारीता क्षेत्रमा लाग्नु मेरो सोख थियो तर अहिले यो मेरो जिवनको अभिन्न अंग बनिसकेको छ, जेनिशाले सुनाइन । काम , घर परीबार र ब्यस्त बिदेशी जिवनशैलीका बिच समय निकालेर समुदायका कार्यक्रममा सहभागि हुनु र कलाकारीतालाई उजागर गर्नु आफैमा महत्वपुर्ण कार्य हो । 
डिबी खनाल र जेनिशाको आफ्नै रचना, सुवास भुषालको संगीत रहेको गीतको म्यूजिक भिडियोमा प्रियना आचार्य र आभा थापाले अभिनय गरेका छन् भने म्यूजिक भिडियोको कोरियोग्राफर प्रमोद भण्डारीको र निर्देशन टेकेन्द्र शाहको रहेको छ । छोटो समयमै जेनिशाको गाजलले  अस्ट्रेलिया लगायत नेपालमा समेत चर्चा कमाउन सफल भएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update