Canmandu
आपसी सदभावका लागि नवाज कप फुटबल

नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटी( नवाज)को आयोजनामा यही आउदो अप्रील २१ तारिख देखि नवाज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियाको सीडनीको वरपर रहेका करिब १६ वटा नेपाली टोलीको सहभागिता रहने यस प्रतियोगिता लिग कम नक आउटका आधारमा हुनेछ । सामाजिक कर्ममा अगाडि रहेको नवाजको २५ औ स्थापना दिवको उपलक्ष्यमा आयोजना हुन लागेको यस प्रतियोगिता सामाजिक सदभाव, आपसी भाइचारा र आपसी मेलमिलापको शन्देश बोकेर आयोजना गर्न लागिएको समाजका अध्यक्ष चिरन तिवारीले जानकारी गराए । 
हरेक आइतबार हुने प्रतियोगिता करिब एक महिना चल्ने तथा विजेता तथा उपविजेतालाई नगद पुरस्कार तथा ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने अध्यक्ष तिवारीले बताए । 
कार्यक्रममा सहयोगी संस्था एक्सपर्ट एजुकेशनका अन्तराष्ट्रीय कार्यकारी निर्देशक बद्री अर्यालले नवाजले केहि समयको बिश्रामपछि भएपनि पुन आफ्नो खेलकर्मलाई पुन थालनी गरेको खुसी ब्यक्त गरे। अर्यालले भने, युवा जगतलाई अनुशासन र आपसी भाइचाराको माध्यमवाट मानसिक तनाववाट मुक्ती दिलाउन खेलुकद महत्वपुर्ण माध्यम भएकोले यस्ता प्रतियोगिताहरु आजको आवश्यकता रहेको छ । 
नेपाली राष्ट्रीय टोलीका करिब चालिस जना खेलाडी रहेको अस्ट्रेलियाको यी बिभिन्न क्लबहरुको यो लिग निकै रोमान्चक हुने बिश्वास लिइएको छ । यहाका एक दुइ दिने प्रतियोगिताहरु दश बिस मिनेटका हुने गर्दछन तर यो प्रतियोगिता चालिस चालिस मिनेट गरी अस्सी मनिेटको हुने भएकोले खेलाडिहरुले आफ्नो कला कौशल प्रर्दशन गर्न सक्ने कुरा एनआरएन न्यु साउथवेल्सका सचिब कल्याण खड्काले बताए । यस्ता प्रतियोगिताले खेलाडी निखारिन पाउने छन , हामीले यस्ता प्रतीयोगिता मार्फत वास्तबिक फुटबलको मज्जा लिन सक्छौ, खेलाडी समेत रहेका खड्काको कथन थियो । 
टिमको ड्र समेत गरिएको कार्यक्रममा अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष बिजेन बटाजुले केहि समयपछि भएपनि नवाजले फुटबललाई पुन संझेकोमा धन्यबाद दिदै यसको निरन्तरताको लागि आफ्नो सहयोग रहेको बचनबद्धता प्रकट गरे । बटाजुले यस्ता स्तरिय प्रतियोगिताले खेलाडीलाई निखार्ने भएकोले खेलाडीहरुलाई नियम र परीधी भित्र रहेर अनुशासीत तवरले सहभागिता जनाउन अनुरोध समेत गरे । कार्यक्रममा प्रतियोगिता आयोजक समितीका संयोजक बैकुन्ठ डंगोलले प्रतियोगिताको स्वरुप र आयोजनको विविध पक्षबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रायोजकको तर्फवाट केओआइका वजार ब्यबस्थापक जोनले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरे । पत्रकार सम्मेलनका एन्फाका पुर्व अध्यक्ष राजु मानन्धर , सन्चारकर्मी कृष्ण तिवारी लगायतको उपस्थीती रहेको थियो । यस पटक प्रतियोगितामा सहभागि क्लबहरुलाई चार समुहमा बिभाजित गरि ड्र समेत सार्वजनिक गरिएको थियो । जसमा समुह ए मा फेवा फुटबल क्लब,क्लब नेपाल, रारा फुबल क्लब र दी राइजिङ गुर्खाज क्लब रहेका छन । यस्तै समुह बीमा सेन्ट जोर्ज क्लब,अर्वन नेप्लीज एफसी, हिमालयन युथ क्लब र एफसी डाफे रहेका छन । समुह सीमा सगरमाथा फुटबल क्लब, लालिगुराँस एफसी,वेष्ट युनाइटेड र पारा पार्क एफसी रहेका छन। यस्तै समह डीमा सीडनी नेप्लीज फुटबल क्लब,माछापुच्छ«े फुटबल क्लब,काल भैरव एफसी र तामाङ रिक्रेयसनल(टीआरसीसी) फुटबल क्लब रहेका छन । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update