Canmandu
आयल निगमलाई यसरी रिनमुक्त पारियो : पुर्व महाप्रवन्धक थानी

नेपाल आयल निगमका पुर्व महाप्रवन्धक तथा डेमोक्रयाटीक इन्जिनियर्स एशोसियसनका पुर्व अध्यक्ष उमेश प्रशाद थानीले नेपालको राजनितीमा हलचल पैदा गर्ने तेल राजनितीको समाधानमा आफ्नो दुइ बर्षे कार्यकाल सफल भएको दाबी गरेका छन । पेट्रोल र डिजेलको भाउसँंगै सुरु हुने आन्दोलन र सधै घाटा खाने नेपाल आयल निगमलाई दुइ बर्षे कार्यकालमा नाफामा पुरयाउन सफल यी पुर्व महाप्रवन्धक थानीलाई सीड्नीमा सम्मान समेत गरिएको थियो । पुल्चोक कलेजका उत्पादनका रुपमा रहेका यी सुर्खेती युवा इन्जिनियर बिद्युत प्राधिकरणमा समेत सन्चालक समितीका सदस्य रहिसकेका छन । 
जनसम्पर्क समिती अस्ट्रेलियाको आयोजनामा शनिबार सीडनीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डेमोक्रयाटीक इन्जिनियर एशोसियसनका पुर्व अध्यक्ष समेत रहेका थानीले स्वचालित मुल्य र चुहावट रोक्न सके आयल निगम कहिले घाटामा नजाने दाबि समेत गरे । आन्तरिक चुहावट र स्वचालित मुल्यलाई कायम रख्न सक्ने हो भने संस्था घाटामा जाने कुरै हुदैन,४९ अरब ब्यापार घाटामा रहेको आयल निगमलाई रिन मुक्त बनाएर नाफामा लाने सौभाग्य प्राप्त गर्नु आफ्नो २२ महिने कार्यकालको प्रमुख सफलता रहेको थानीले दाबी गरे । तेलको मुल्य बिश्व बजारमा कामय हुने दरसँंग तालमेल गर्न सक्नुपर्छ , उता बढ्यो भने यता पनि बढछ र उता सस्तो हुदा यता पनि घटाउनु पर्छ । सरकारसँंग रिन लिएर घाटामा निगम चलाउन हुदैन भन्ने मेरो मान्यता थियो ,सबैले साथ दिनुभयो र म सफल भए , थानीले अनुभव सुनाए । नेपालमा पेट्रोल र डिजेलको खपत कम गराउन सरकारले ल्याएको दुइ दिने बिदा प्रभावकारी रहेको बताउदै यसले राम्रो काम गरेपनि पछि सरकारले फीर्ता लिएकोमा अचम्मीत भएको सुनाए । उनले नेपालमा उर्जाको अपार संभावना रहेको सन्दर्भमा अब बैकल्पीक उर्जाको खोजीमा राज्य लाग्नुपर्ने बेला आएको समेत बताए । 
कार्यक्रममा बोल्दै एनआरएन अभियन्ता दिनेशराज जोशीले मुलुकमा युवा नेतृत्वको आवश्यकता भएको भन्दै थानीको नेतृत्वमा आयल निगमले गरेको प्रगती र उन्नती लोभ लाग्दो उदाहरणका रुपमा रहेको बताए । अन्तरक्रिया कार्यक्रममा बोल्दै शैक्षिक व्यबशायी भुपाल सिटौलाले अब मुलुकको नेतृत्व गर्ने पालो युवाको रहेकोले हरेक दलले युवाहरुलाई अबसर दिनु पर्ने आवश्यकता रहेको सुनाए । 
जन सम्पर्क समिती अस्ट्रेलियाका उपाध्यक्ष राजेश केसीले युवा नेता थानीको सीडनी भ्रमणले आगामी दिनमा महत्वपुर्ण अनुभवहरु साटासाट गर्ने अवसर प्राप्त हुने बिश्वास ब्यक्त गरे । कार्यक्रममा खानेपानी बिशेषज्ञ डा ज्ञानेन्द्र रेग्मीले नेपालमा तेलको आयातमा निर्भर हुदै गर्दा राज्यले बैकल्पीक उर्जाको खोजीमा लाग्नुपर्ने बताए । उनले युवा इन्जिनियरको नेतृत्वमा आयल निगमले पाएको सफलता आफैमा उदाहरण भएको बताउदै संसारभर छरिएर रहेका नेपाली बिज्ञहरुको सहयोगमा नेपालले उर्जाको नया ढाचामा काम गर्नुपर्ने बेला आएको सुनाए । कार्यक्रममा जनसम्पर्क समितीका संस्थापक प्रेम सापकोटाले अब नेपाली काग्रेशले युवा नेतृत्वलाई अगाडि ल्याएमा मात्र पार्टीका बिचार र साख बढने कुरामा पुराना नेतृत्वले सोच्ने बेला आएको सुनाए । जन सम्पर्क समिती अस्ट्रेलियाका अध्यक्ष सुरेस गुरुङले युवा नेतृत्वको अहिलेको आवश्यकता रहेको बताउदै युवा व्यबस्थापक थानीको नेतृत्वले आयल निगमले पाएको सफलता यसमै गासिएको बिचार ब्यक्त गरे । कार्यक्रममा ग्रानभिल नेपाली समाजका अध्यक्ष भिम बस्नेत, जनसम्पर्क समितीका महामन्त्री रोहित खड्का,पुर्व आइसीसी सदस्य अरुण ठाकुर , सुर्खेत समाज अस्ट्रेलियाका अध्यक्ष चन्द्र प्रकाश ढकाल,युवा व्यबशायी सर्बेन्द्र थापा , समाजसेवी पुरुषोत्तम मिश्र लगायतले आआफना बिचार ब्यक्त गरेका थिए । 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update