Canmandu
सीडनीको बोन्डाइमा चक्कु प्रहारवाट ६को मृत्यु, सात जना सख्त घाइते

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डाइ जंक्सनको वेस्टफील्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट ६ जनाको हत्या भएको छ । एक जना ब्यक्तीको अन्धाधुन्ध चक्कु प्रहारवाट पाँंच जनाको घटनास्थल र एक जनाको हस्पीटलमा उपचारका क्रममा मृत्यु भएको हो । 
शनिबार स्थानीय समयअनुसार अपराह्न ३ बजेपछि सिड्नीको पर्यटकीय स्थल बोन्डाइ जंक्सनको वेस्टफिल्डमा अन्धाधुन्ध छुरा प्रहार हुँदा छ जनाको मृत्यु भएको अस्ट्रेलियन प्रहरीले पृष्टी गरेको छ । अन्य सात जना भने बिभिन्न हस्पीटलमा उपचारका क्रममा रहेका छन । जसमा नौ महिनाको शिशु समेत घाइते भएकी छिन । शनिबारको बिदाको दिन ब्यस्त बजारमा लामो चक्कु लिएर आतंक मच्चाउने चालिस बर्षे अभियुक्तलाई पनि प्रहरीले गोलि हानी मारेको छ । 
न्यू साउथ वेल्सका सहायक कमिश्नर एन्थोनी कुकले जानकारी गराए अनुरुप केहि घाइतेहरुको पनि अवस्था गम्भीर रहेको छ । 
घटनामा मृत्यु भएकाहरूको परिचय खुलिसकेको छैन । प्र्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। कुन उद्देस्यका साथ अभियुक्तले यो घटना घटाएको भन्ने बिषयमा भने प्रहरीले खोजी गरिरहेको जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटनका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस दुखद घडीमा सबै अस्ट्रेलियनहरुलाई धैर्यधारण गर्न आग्रह गरेका छन । प्रधानमन्त्री अल्बानिजले यो क्रुर आक्रमणको जति निन्दा गरेपनि नपुग्ने भन्दै यतिबेला सबै अस्ट्रेलियनहरु एक भएर अगाडि बढनुपर्ने बेला आएको समेत बताए । 

घटनाका दौरान करिब पचास भन्दा बढि नेपालीहरु सो वेस्ट फील्ड सपीङ मलमा कार्यरत रहेका थिए । तर कसैलाई पनि कुनै किसिमको चोट पटक नलागेको एनआरएनका अध्यक्ष अनिल पोखरेलले बताए । हामी फलोअप गरिरहेका छौ , कोही विध्यार्थी भाइ बहीनीहरु कामको दौरान केहि भयो की भनेर तर अझसम्म त्यस्तो कुनै खबर पाएका छैनौ । यो अस्ट्रेलियाको लागि भने पीडादायक घटनाका रुपमा रहेको छ, शनिबार बिदाको दिन सपीङका लागि गएका ब्यक्तीहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गर्नु र ६ जनाको ज्यान जानु हामी सबैको लागि अप्रीय खबर हो , पोखरेलले भने । 
 त्यहा कार्यरत नेपाली युवा अभि सापकोटाले आफुहरु काममा रहँंदा यस्तो घटना घटन पुगेको बताए । हामी भित्र कार्यरत थियौ, मानिशहरु भागाभाग भैरहेको थियो कतिपय हाम्रो स्टोरमा पनि सुरक्षाका लागि पसेका थिए ,तर हामी पसल बाहिर गएनौ, अभिले बताए । बाहिर प्यासेजमा अभियुक्तले जथाभावी चक्कु प्रहरा गरेको र यति ठुलो घटना घटाएको हामीले केहि मिनेटपछि मात्र थाहा पायौ । अभियुक्त हातमा लामो चक्कु बोकेर हिडदै गर्दा मल भित्रै गोली हानि मारिएको थियो । 


 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update