Canmandu

cruj-2-1713081099.jpg
लगभग एक लाख नेपाली बसोबास गर्ने अस्ट्रेलियाको व्यापारिक नगरी सीडनीमा नेपाली सामुदायिक भवनको सोच बुनेर सीड्नी नेपाली बहुसांस्कृतीक केन्द्रले प्रशान्त महासागरमा क्रुज पार्टीको आयोजना गरेको छ । 
लोक भाकामा रन्कीएको क्रुजमा करिब तिन सय नेपालीहरु नेपाली पनमा रमाइरहेका देखिन्थे । लोकगित र नेपाली संगितको प्रत्यक्ष कार्यक्रम समेत राखिएको जहाजको कौसीमा कम्मर मर्काइ मर्काइ नाच्नेहरुको भिड थेगिनसक्नु थियो । नेपाली टिपीकल खाना, गाना र बजानाले प्रशान्त महासागरमा दौडिएको पानी जहाजले चार घन्टा कटेको कतिले पत्तोनै पाएनन । सीड्नी वरपर फन्को लगाएको पानी जहाजको माहौल नेपालको कुनै ताल तलैयामै रमेको जस्तो भान हुन्थ्यो । cruj-dance-1713081102.jpg

अस्ट्रेलियामा नेपालीहरुको संख्या थपीदैजाँंदा आफ्नोपनलाई जोगाउन कम्तीमा भएपनि एउटा सामुदायिक भवन बनाउनुपर्छ भन्ने सोच बोकेका एक हुल नेपालीहरुले यसको जागरणका लागि प्रशान्त माहासागर माथि क्रुज पार्टीको आयोजना गरेका हुन । नेपाली कला संस्कृती र परम्पराको जर्गेनाका लागि पनि सीडनीबासी नेपालीहरुलाई आफ्नै सामुदायिक भवनको खाँंचो टडकारो देखिएको बेला सीडनीमा नेपाली बहुसांस्कृतीक केन्द नामक संस्था स्थापना गरेर यस अभियानलाई अगाडि बढाइएको हो । 
नेपालीहरुको बाक्लो बस्ती रहेको सीडनीको दक्षिण पश्चिम क्षेत्रमा रहेका नेपालीहरुले आफ्नो कला संस्कृती र पहिचान जोगाउन सीडनी नेप्लीज मल्टीकल्चर सेन्टरको अवधारणा अगाडि सारेर यस अभियानमा जुटेका हुन । 
नेपालीहरुको बाक्लो बस्ती रहेको सीड्नीको साउथवेस्टमा बसोबास गर्ने नेपाली अभियन्ताहरुले सीडनीको नेपाली समाजलाई आवश्यक रहेको एउटा सामुदायिक भवनको परिकल्पना गरेर सीडनी नेप्लीज कल्टीकल्चर सेन्टर नामक अलग्गै परियोजना अगाडि बढाउदै जागरण र अपनत्वका लागि हामीले क्रुज अभियान अगाडि सारेका हौ , केन्द्रका अध्यक्ष सुदिप ढकालले पानी जहाजमै आयोजित कार्यक्रममा सुनाए । 
 । अहिले ३२ सदस्यीय कार्यकारी सदस्य रहेको एउटा समिती मार्फत यो अभियानलाई सीडनीबासी नेपाली माझ अगाडि बढाउने काम भैरहेको छ र यसमा थप नेपालीहरुलाई जोडन यो अभियानले थप मद्दत पुग्ने बिश्वास लिएका छौ, ढकालले क्रुज कार्यक्रममा बताए । 
 नेपाली कला संस्कृती जोगाउन र रितिरिवाज मनाउन पनि एउटा सामुदायिक भवनको खाचो देखिएको छ यस अवधारणालाई सबैले साथ र सहयोग गर्ने बिश्वासका साथ हाम्रो अभियानलाई तिब्र बनाएका हौ ,अध्यक्ष ढकालको कथन थियो । 
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालीहरुको लागि एउटा साझा चौतारीका रुपमा सामुदायिक केन्द्रको आवश्यकता रहेको र सबैपक्ष एकजुट भएर यस अभियानमा लाग्नुपर्ने बताए । सबैका लागि सामुदायिक भवनको खाचो छ , त्यसैले समुदायका सबै पक्ष एक ढिक्का भएर अगाडि बढनुपर्ने बेला आएको छ , पोखरेलले भने । 
कार्यक्रममा सेन्टरका उपाध्यक्ष सुर्य खनालले नेपाली समुदायको बढोत्तरी हुदैगर्दा आफनो कला ,संस्कृती र पर्व मनाउने समेत एउटा अपाm्नै भवन नरहेको सन्दर्भमा यो अभियान सबैको साझा जिम्मेबारीका रुपमा रहेको सुनाए । खनालले अगाडि भने ,यसका लागि हामीले केहि कार्यक्रमहरु अगाडि बढाइसकेका छौ भने अब एक्सनका रुपमा अगाडि बढने प्रकृयामा छौ । 
यस्तै संस्थाका महासचिब डा प्रकाश पौडेलले सेन्टरको अवधारणामा आफुहरु निकै अगाडि बढिसकेको र यसका लागि प्रारम्भीक 
गृहकार्यमा लागिरहेको बताए । यसमा अस्ट्रेलियन सरकारले समेत सहयोग गर्ने कुरामा बिश्वस्त रहेको पौडेलले जानकारी गराए । 
संस्थाका सक्रिय सदस्य हरी अधिकारीले नेपाली समुदायका लागि अतिआवश्यक रहेको सामुदायिक भवन निमार्णका लागि सदस्यता बितरण गरेर सबैलाई यसको साझेदार बनाउने अभियान सुरु भैसकेको जानकारी दिए । अब हामी स्थानिय अस्ट्रेलियन राजनितीक दल र नेताहरुकोमा समेत सहयोगको लागि प्रस्ताब लिएर जाने अभियानमा जुटेको बताए । कार्यक्रममा उपाध्यक्ष कल्याणी बर्तौला ,सेन्टरका प्रवक्ता अरुण गौतम , पब्लीक अफीसर तिर्थ खतिवडा लगायतले सेन्टरको अवधारणा बारे स्पष्ट पारेका थिए । कार्यक्रममा एनआरएन एनएसडब्लुका संयोजक बिनोद कुवर , मल्टी डाइनामिकका मेघराज पौडेललगायतले सामुदायिक भवनको आवश्यकतामाथि प्रकाश पारेका  थिए । cruj-11-1713081403.jpg

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update