Canmandu
दश बर्षपछि मह जोडी सीडनीमा

चर्चित हास्यब्यङ्ग कलाकारका रुपमा परिचित मदनककृष्ण श्रेष्ठ र हरिवंश अचार्य १० बर्ष पछि अष्ट्रेलियाको सिड्निमा सिड्निमा आउने भएका छन् । साथै कलाकार कुन्ति मोक्तान,नरेन्द्र कंसाकार र ’राता मकै’ ्किरण केसी मह जात्राका साथ अष्ट्रेलियाको सिड्निमा पुग्ने छन। मार्कक्यू होम्स र एभरेस्ट ट्राभलद्वारा आयोजना गर्न लागिएको महाजात्रा जुन २ तारिखमा साझँ ६ बजे सिड्नीको उत्कृष्ट भेनु सिड्नि फिल्म फेस्टिबल हुने स्ेटट थिएटरमा आयोजना हुने भएको छ । महाजात्राको कार्यक्रम सफल गर्नलाई सिडनीको इभेंट कम्पनी ड्रिम हाइट्सले यसको तयारी थालिसकेको छ । ड्रीम हाइटले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा बोलाएर विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । स्तरिय कार्यक्रम र दर्शकको सन्तुष्टी हाम्रो चाहना हो ,यसैका लागि पनि यस पटक एक दशकपछि मह जोडीलाई सीड्नी बोलाएर सबैको मुखमा हासो ल्याउने प्रयास गरेका हौ, एभरेष्ट ट्राभलका कार्यकारी प्रमुख 
इर्साद अहमदले बताए । सीडनीको मुटुमा रहेको टाउनहलमा रहेका एतिहासिक स्ेटट थिएटरमा कमै मात्र नेपाली कार्यक्रम हुने गरेका छन । यो आफैमा मह जोडीको लागि ठुलो सम्मान पनि हो, हामीले यसका लागि तयारी अगाडि बढाइसकेका छौ । सीडनीका नेपाली 
दर्शकदिर्र्घावाट यसमा सहयोग र सदभाव पाउने बिश्वास लिएका छौ , इर्सादले सुनाए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update