Canmandu
बिदेशमा बसेर नेपाली चाडबाड मनाउन पाउनु अहोभाग्य

सात समुन्द्र पारी बिदेशी भुमिमा पनि नेपाली चाडबाड मनाउन पाउनु प्रवासी नेपालीहरुको लागि अहोभाग्य भएको नेपाली नया बर्षको उपलक्ष्यमा सीड्नीमा आयोजित कार्यक्रममा बक्ताहरुले बताएका छन । जनसम्पर्क समिती अस्ट्रेलियाले नेपाली नया बर्षको उपलक्ष्य पारेर आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै चितवन काग्रेशका नेता बिकास कोइरालाले बिदेशी भुमिमा नेपालीमन र नेपालीपनको स्वाद आनन्दीत हुने बताए ।jan22-1714041783.jpg
हाम्रा चाड पर्व र कला साहित्यहरु बिदेशी भुमिमा पनि जर्गेना गरिराख्नु आफैमा महत्वपुर्ण बिषय भएको कोइरालाले बताए । सीडनीको नेपालीहरुको बाक्लोबस्ती रहेको ग्रानभिलमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ कानुनबिद शम्सेरसिंह थापाले चाडपर्वले नेपालीहरुलाई आपसमा जोडने र मुलुकको संझना ताजा गराउने काम गर्दै आएको बताए । थापाले मुलुक छाडेर बिदेशमा गएपछि बिचार र समाजमा बिभक्त नभइ सिंगो समाजको प्रतिनिधित्व गर्ने नेपाली बन्नुपर्ने आजको आवश्यकता रहेको बताए । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीले नया बर्ष सबै नेपालीलाई एकतामा जोड्ने अभियानको थालनी भएकोमा खुसी प्रकट गरे । केसीले बिदेशमा पनि नेपालीहरु हरेक क्षेत्रमा स्थापीत भइसकेको अवस्थामा थप उन्नती र प्रगतीको बाटोमा हिड्न सबैलाई नया बर्षले सफलता मिलोस भनि शुभकामना ब्यक्त गरेका थिए । जनसम्पर्क समिती अस्ट्रेलियाका अध्यक्ष शुरेस गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता प्रेम सापकोटाले बिदेशी भुमिमा बसेर नेपाली नया बर्ष मनाउदैगर्दा मुलुकको समृद्धीका बिषयमा पनि सोच्नुपर्ने बेला आएको बताए । अब दोहोरो नागरिकताले मुलुकमा लगानीको बाटो खोलिदिएको सन्दर्भमा केहि नभएपनि आफनो गाउ ठाउमा गच्छे अनुरुपका लगानि गर्नुपर्ने बेला आएको सापकोटाले बताए । 
नारी निकुन्ज अस्ट्रेलियाकी अध्यक्ष संगिता चापागाइले नया बर्षले सबै नेपालीमनहरुको इच्छा र चाहना पुरा होस भन्दै बिक्रम सम्बत हाम्रो एउटा महत्वपुर्ण पर्वको रुपमा रहेको र यसको महत्व नया पुस्तालाई पनि सिकाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताइन । कार्यक्रममा बोल्दै जनसम्पर्क समिती अस्ट्रेलियाका संस्थापक दिनेश जोशीले बीपीको संझनागर्दै भने त्यती बेलानै भुगोल मात्र नेपाल होइन भन्ने कथनले हामी मौकाको खोजीमा बिदेशीएका नेपालीपनि भुगोल बाहिरका नेपाली हौ भन्ने मान्यता स्थापीत गरेको बताए । 
एकता र फराकिलो मन अनि बिदेशमा राजनितीक रंग भित्रपनि सुगन्ध खोजिनुपर्ने अहिलेको परिस्थीतीमा जनसम्पर्क समितीले शुभकामनाको दायरालाई फराकिलो बनाएको अनुभव ब्यक्त गरे नेपाली नयाका अध्यक्ष निजन चौलागाइले । 
कार्यक्रममा ओएनएफका अन्तराष्ट्रीय सदस्य शीसिर नेपाल , प्रवासी नेपाली एकता मन्चका अध्यक्ष अच्युत थपलियालगायतले अस्ट्रेलियामा नेपाली समाजको एकता आफैमा उदाहरणीय रहेको जिकिर गर्दै नया बर्षको शुभकामना प्रदान गरेका थिए । 
जनसम्पर्क समितीका उपाध्यक्ष राजेश केसीको शुभकामना मन्तब्यवाट प्रारम्भ भएको कार्यक्रममा एनआरएनकी पुर्व प्रवक्ता रन्जु वाग्ले , अस्ट्रेलियन नेपाली तराइ संघका अध्यक्ष रन्जित शाह , बार्डिया नेपाली समाजका अध्यक्ष रन्जित राज वन्त ,एनएडीएफका अध्यक्ष भिष्म भण्डारी, एनआरएन अभियन्ता अरुण ठाकुर, एनआरएनका पुर्व अध्यक्षहरु गणेश केसी,सुरेन्द्र सिग्देल,एनआरएनका एनएसडब्लु संयोजक बिनोद कुवर,सुदुर पश्चिम समाजका मोहन भट्ट लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा मल्टीडाइनामिक अर्वनका प्रवन्धक डिल्ली ढकाल, पुर्व आइसीसी सदस्य बुद्धी डल्लाकोटी, युवा अभियन्ता कोमलराज पाठक ,जनसम्पर्क समितीका उपाध्यक्ष इथान शाक्य, एनआरएनका पुर्व युवा संयोजक इर्शाद अहमद ,एनएसडब्लु संयोजक शितल खाँड गिरी ,महामन्त्री रोहित खड्का, सदस्य सुवास तामाङ लगायतले नया बर्षको शुभकामना साटासाट गरेका थिए । 


 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update