Canmandu
२०२७ को फिफा महिला विश्वकपको आयोजनबाट पछि हटे अमेरिका र मेक्सिको

अमेरिका र मेक्सिकोले सन् २०२७ को फिफा महिला विश्वकपको संयुक्त आयोजनाका लागि गरेको दाबीबाट नाम फिर्ता लिएका छन् ।

दुवै देशका फुटबल संघले २०३१ को विश्वकप आयोजनाका लागि ध्यान केन्द्रित गर्ने भन्दै पछि हटेको जानकारी दिएका हुन् । फिफा कंग्रेसको बैठक बस्न तीन साताभन्दा कम समय बाँकी रहँदा मेक्सिको र अमेरिकाको यो निर्णय आएको हो ।

फिफाले आगामी मे १७ मा २०२७ को आयोजक टुंगो लगाउनेछ । अब ब्राजिल र बेन्जियम, नेदरल्यान्ड्स तथा जर्मनीले संयुक्त दाबेदारी प्रस्तुत गर्नेछन् । गत नोभेम्बरमा दक्षिण अफ्रिकाले पनि २०२७ को विश्वकप आयोजना दोबेदारबाट हात झिकेको थियो । उसले पनि २०३१ मा इच्छा देखाएको छ । २०२३ को महिला विश्वकप अस्ट्रेलिया र न्यूजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेका थिए ।

फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै स्पेन पहिलो पटक विजेता बनेको थियो । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा सन् २०२६ को पुरुष विश्वकपको आयोजना गर्दैछन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update