Canmandu
सीड्नीमा नेपाली सामुदायिक भवन बन्ने

लगभग एक लाख नेपालीको बसोबास रहेको अस्ट्रेलियाको सीडनी र वरपरका क्षेत्रका बासीन्दाहरुको सामुहिक प्रयास र एनआरएन अस्ट्रेलियाको संयोजनमा सीड्नीमा नेपाली सामुदायिक भवन निमार्णको पहल सुरु गरिएको छ । 
बिभिन्न समुदाय र समाजले केहि बर्षदेखि फरक ढंगवाट नेपाली सामुदायिक भवनको प्रयासको थालनी गरेता पनि त्यसले गति लिन नसक्दा एनआरएन अस्ट्रेलियाको एकता अभियान मार्फत सबै समुदायहरुको सहमतीमा बिष्णु हमालको संयोजनमा नेपाली मल्टीकल्चर सेन्टर नाममा एउटा साझा अभियानको थालनी गर्न लागिएको हो । 
यसअघि हिन्दु सोसाइटी र साउथवेस्ट नेपाली समाजले फरक ढंगवाट नेपाली समुदायलाई अति आवश्यक रहेको सामुदायिक भवनका लागि केहि काम अगाडि बढाइसकेका थिए । फरक र अलग ढंगवाट अगाडि बढदा नेपाली समुदाय बािडएको देखिने हुनाले एनआरएन मार्फत सबै संघ संस्थालाई एकैथलोमा राखेर सहमतिमा एउटा समिती बनाउन सफल भएका छौ, अब यसले आफ्नो अभियानलाई अगाडी बढाउने छ, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए । 
एनआरएनको आयोजनामा आब्हान गरिएको संघ संस्था भेलावाट बिष्णु हमालको अध्यक्ष , सुर्य खनाल र उमेश पन्त उपाध्यक्ष, प्रकाश पौडेल महासचिब, प्रकाश बस्ताकोटी कोषध्यक्ष, मिना शर्मा सचिब, सहकोषाध्यक्षमा सुनिता गिरी पाठक ,पब्लीक रिलेसन अफीसरमा महेन्द्र लम्साल र प्रबक्तामा शिब बन्जारालाई मनोनित गरिएको छ । यस्तै समीतीको सदस्यहरुमा एनआरएन एनएसडब्लुका संयोजक बिनोद कुवर , नारि निकुन्जकी अध्यक्ष संगिता चापागाई , चितवन समाजका अध्यक्ष पुरु षडौला, प्रकृती श्रेष्ठ, कल्याणी बर्तौला, अमृत शर्मा,अरुण गौतम, तिर्थ खतिवडा,महेश प्रसाई,लक्ष्मी बस्ताकोटी रहेका छन । यी बोर्ड अफ डाइरेक्टर रहने गरी कार्यसमितीमा अन्य सदस्यहरु पनि थप गरिएको छ । 
कार्यक्रममा बोल्दै एनआरएनका अभियन्ता समेत रहेका बिष्णु हमालले यो नेपाली समाजको लागि अतिनै आवश्यक भैसकेको परिस्थीतीमा अब यो अभियानलाई सबैको सहयोगमा तिब्र गतिमा अगाडि बढाइने बताए । हमालले भने सीडनीमा नेपाली समाजको बलियो उपस्थीतीले स्थानिय राजनितीक दललाई पनि सहयोग गर्न बाध्य बनाइसकेको अवस्थामा यो परियोजनाले केहि दिनमै गति लिने बिश्वास गरेको छु । 
कार्यक्रममा बोल्दै हिन्दु समाजको तर्फवाट लक्ष्मी बस्ताकोटीले आफुहरुले नेपाली समाजको लागि मन्दीर र सामुदायिक भवनको परियोजना अगाडि बढाइसकेको अवस्थामा सबै मिलेर जानुपर्ने प्रस्ताब आएपछि संयुक्त रुपमा अगाडि बढन लागेको बताइन । कार्यक्रममा परियोजनाको खाका र लगानिको संभावना र अध्यन बारे समेत एनआरएनले एउटा प्रस्ताव अगाडि सारेको थियो । कार्यक्रममा नेपाली समाजका अगुवा नारायण प्रधान, इन्द्रा वन, मन खत्री, हिन्दु सोसाइटीका प्रकाश ढोडारी , एनआरएन एनएसडब्लुका सचिब कल्याण खड्का , एनआरएन अभियन्ता उषा बारिया पोखरेल, एनआरएनका पुर्व क्षेत्रिय संयोजक दिनेशराज जोशी,लगायतको उपस्थीती रहेको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update