Canmandu
न्युजिल्यान्डको वर्क परमिटको नाममा ठगि धन्धा

अस्ट्रेलिया र न्युजिल्यान्डजस्ता आकर्षक कमाइ हुने मुलुकमा काम लगाइदिन्छु र वर्किङ भिषामा लग्छु भन्दै ठग्ने ठलो गिरोह नेपालमा सक्रिय रहेको पाइएको छ । प्रारम्भमै यसका लागि दश लाख रुपैया लाग्ने र यसपछि प्रकृया प्रारम्भ हुने भन्दै सामाजिक सन्जाल र पत्रिकामा बिज्ञापन समेत छापेर ठग्ने गिरोहको जालमा केहि युवा परेपछि अहिले यसको बास्तविकता बिस्तारै खुल्न थालेको छ । 
अस्ट्रेलियामा बिभिन्न सांगितिक कार्यक्रममा नर्तकी, मेकअपम्यान,व्यबस्थापक र गितारिष्ट ,किर्बोडिस्ट जस्ता नक्कली कलाकार बनाएर मानव तस्करी हुन थालेपछि सरकारले यस्ता भिषामा नो फर्दर स्टे जारी गर्न थालिसकेको छ । तर अहिले फेरी न्युजिल्यान्डमा वर्क परमिट भन्दै बिभिन्न कम्पनीहरुको नाम समेत दिएर खुलेआम महिनाको पच्चीस सय डलर अनि काम गर्नुपर्ने समय ३८ घन्टा भनेर सामाजिक सन्जालमा यत्र तत्र बिज्ञापन आउन थालेपछि स्थानिय निकाय समेत सचेत देखिएको छ ।

 न्युजिल्यान्डको पर्यटकिय केन्द्र मानिने अकल्यान्डका बाणिज्यदुत दिनेश खड्का केहि मानिसहरुले नेपालवाट यस्तो बिषयमा जिज्ञासा राखेपछि आफुहरु अचम्मीत भएको बताउछन । न्युजिल्यान्डमा स्थानिय व्यापारीक प्रतिष्ठानहरुले आफ्नो आवश्यकता अनुरुप केहि व्यबशायीक कामदार बिदेशवाट ल्याउन पाउने प्रावधान रहेता पनि यसरी कामदार भिषामा नेपालवाट न्युजिल्यान्ड ल्याउने कुनै कानुनी र नितिगत प्रावधान नरहेको खड्का बताउछन । यसरी कुनै कम्पनीको नाम अगाडि सारेर बकाइदा यति तलब र यो पदमा भनेर अनि भिषा खर्च समेत दश लाख लाग्ने भन्ने कुरा सरासर गलत बिवरण हुन ,यसको पछाडी लाग्नुभयो भने ठगिने पक्का छ, बाणिज्युदुत खड्का बताउछन । यसअघि पनि महलिा बिश्वकप हेर्नका नाममा करिब दुइ सय नेपाली न्युजिल्यान्ड पुगेको र काम, कोठाको समस्यामा भौतारिदै हीडेको बताउदै अकल्यान्डका लागि नेपाल सरकारका बाणिज्यदुत खड्का भन्छन यो स्क्याम हो । यस्ता कन्सलटेन्सीलाई नेपाल सरकारले पनि छानबिनको दायरामा राख्नुपर्छ । 
न्युजिल्यान्ड सरकारले नेपाली कामदारहरुको लागि कामदार भिषा खोलेको छैन ,साना तिना व्यबशाय मार्फत आवश्यक कामदार भनि स्पोन्सर्स गर्ने कुरा अलग हुन तर यसरी बकाइदा बिज्ञापन छापेर भिषा प्रकृयामा दश लाख लिनु सिधै ठगि धन्धा गर्नु अनैतिक कार्य हो , खड्काले बताए । 
यति मात्र होइन यतै स्पोन्सर भिषामा रहेका कयैन कामदारहरु माथि पनि काममा शोषण भैरहेको गुनासा आइरहेको बाणिज्यदुत खड्काले बताए । नेपालवाट ल्याउदा एउटा समयसीमा र तलब तोकिएको हुन्छ, तर यहा आएपछि कामदारलाई बढि काम लाइने र कम पैसा दिने कयैन गुनासाहरु आएका छन , कानुनी प्रकृयामा समेत यस्ता समस्याहरु देखिइसकेका छन,त्यसैले न्युजिल्यान्ड आउनुअघि धेरै कुरा बिचार पुरयाउन खड्का आग्रह गर्छन । 
न्युजिल्यान्डमा नेपालको राजदुतावास नभएको कारणपनि बाणिज्यदुतावासले यहाका सानातिना समस्याहरुलाई सम्बोधन गर्ने गर्दछ । अहिले करिब २० हजार नेपालीहरु न्युजिल्यान्डमा बसोबास गर्दै आएका छन । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update