Canmandu
नयाको एघार बर्षगाठ एशफील्ड पार्कमा भब्य रुपमा मनाइने

नेप्लीज अस्ट्रेलियन युथ एशोसिएसन (नया)ले आफ्नो ११ औ बार्षिकोत्सवको उपलक्ष्यमा आउँदो मे १८ तारिखका दिन एसफील्ड पार्कमा विविध कार्यक्रम गरी मनाउने भएको छ । अस्ट्रेलियामा छरिएर रहेका युवा पुस्तालाई एकताको सुत्रमा बाध्ने र आपसी भाइचारा अभिबृद्धी गर्ने उद्देस्यका साथ स्थापना भएको नयाले आफ्नो ११ औ बार्षिकोत्सवमा बार्बीक्यु पार्टी सहित पुर्नमिलन कार्यक्रमको आयोजना गर्न लागेको कुरा यसका अध्यक्ष निजन चौलागाइले बताए । बिशेषगरी सीडनीवरपरका नेपाली युवाहरुलाई खेलुकद र विभिन्न सामाजिक कार्यमार्फत एकताबद्ध गर्न सफल नयाले विध्यार्थी बर्ग र अन्य सामाजिक सदभावको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको छ । 
हामीले यस पटक एघारौ बार्षिकोत्सवलाई सभ्य र भब्य बनाउने सीडनीका सबै संघ संस्था र व्यक्तीत्वहरुलाई आमन्त्रीत गरेका छौ , बाल बालिकालाई खेल्ने विविध सामाग्रीहरु पनि राख्ने योजनामा रहेको अध्यक्ष निजनले सुनाए । नयाले यस अघि पनि हरेक बर्ष क्रुज पार्टी आयोजना गरेर संकलित रकम विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएको थियो । यस पटक नयाले केहि नया कार्य गर्ने योजना बुनेको यसका पुर्व अध्यक्ष तथा एकाका उपाध्यक्ष कोमल पाठक बताउछन । हामीले सुरु गरेको उद्देस्य अनुरुप युवा वर्गलाई डिप्रेशनवाट जोगाउने तथा जुवा तास र लागु पर्दाथविरुद्धको अभियानमा सचेतना कार्यक्रम अभियान प्रारम्भ गर्ने योजना बुनेको पाठकले सुनाए । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update